
तुलसीपुर, १२ कात्तिक ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना एवं डिभिजन बन कार्यालय दाङ (देउखुरी) र तराई भु–परिधि तथा संरक्षण कार्यक्रमको समन्वय र सहकार्यमा राप्ती करीडोरका समुदायकालागी विपद जोखीम नक्सांकन एवं पुर्व सूचना प्रणालीको बारेमा छलफल गरिएको थियो । साथै पुर्व सूचना सञ्चार संयन्त्र निर्माण तथा अध्यावधिक गर्नका लागी छलफल भएको थियो । उक्त संयन्त्रलाई सम्पुर्ण सरोकारवाला निकाय सम्म प्रचार प्रचार गर्नु पर्ने धारणा सहभागीहरुले व्यक्त गर्नु भएको थियो ।
कार्यशालामा राप्ती करीडोरमा रहेका सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी,सदस्यहरु,विद्यालयका शिक्षकहरु,बन समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु,नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरु र समुदायका व्यक्तीहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यशाला नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति श्री मदन गौतमको सभापतित्व र बन डिभिजन कार्यालय दाङ (देउखुरी)का बन अधिकृत दिपक थारुको प्रमुख आतिथ्यता एवं लमही नगरपालीकाका विपद सम्पर्क व्यक्ती ललिता कडायतको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्दले स्वागत गर्नु भएको थियो ।
कार्यशालाको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका प्राविधिक संयोजक, भरतराज भाट, तराई भु–परिधि तथा संरक्षण कार्यक्रमका प्रोग्राम यसोसियट प्रतिक शाह र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यालय प्रमुख विश्राम अधिकारीले गर्नु भएको थियो ।
लमही नगरपालीका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ, तराई भु–परिधि तथा संरक्षण कार्यक्रमले लमही नगरापालीका बढी जोखीम समुदायहरुमा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाहरुलाई माइकीङ र स्वयंसेवक परिचालन गरि समुदायमा सूचना प्रवाह गरिरहेको छ ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार ०६:२३ बजे