दाङमा बलात्कार आरोपमा एक जना पक्राउ

तुलसीपुर, ७ मंसिर ।
पश्चिम दाङमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका –२ सिम निवासी ४० वर्षका नवराज डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो १२ बजे ३६ वर्षकी एक महिलालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा डाँगीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरमा उजुरी परेपछि पक्राउ परेका डाँगीले उक्त आरोप अस्वीकार गरेको परिवारजनले बताएका छन् ।