धरौटी रकम १६ सय बुझाउन नसक्दा एक किशोर कारागार चलान

तुलसीपुर
२७ साउन / दाङमा एक हजार ६ सय रुपैँया धरौटी बुझाउन नसक्दा एक किशोरलाई कारागार चलान गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१० निवासी १९ बर्षीय किशोरले प्रहरीसंग वादविवाद गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय दाङमा शान्ति विरुद्धको कसूरमा मुद्दा चलाईएको थियो ।


त्यसपछि प्रशासनले साउन २५ गते १६ सय धरौटी बुझाउन फैसला गरेको भएपनि आफन्तहरु सम्पर्कमा नआएपछि ति किशोरलाई कारागार चलान गरिएको छ । प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो ।

उनलाई २५ गतेदेखि दैनिक तीन सय रुपैँया कट्टा हुने गरि कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय दाङका नायव सुब्बा कुबेरजंग खड्काले जानकारी दिए ।