तुलसीपुर उद्योग ब्यापार संघको पहिलो बैठक

तुलसीपुर, ३१ जेठ ।
तुलसीपुर उद्योग ब्यापार संघको पहिलो बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । शनिबार तुलसीपुर कार्यक्रम भएको हो । अध्यक्ष वेदप्रसाद वलीको अध्यक्षता तथा केन्द्रीय सचिब मिनराज भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले यो अन्य ब्यबसायिक संस्था जस्तो नभई फरक ढंगले सञ्चालनकालागि खोलिएको बताए । उनले साना तथा मझौला ब्यबसायीहरुको हकहितकालागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।


त्यस्तै केन्द्रीय सदस्य शेसकान्त ढकाल र सालिकराम आचार्यले पनि यो संस्थाले ब्यबसायिक हकहितकालागि महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश महासचिब महेन्द्र बुढाथोकी, जिल्ला अध्यक्ष विकास वली, प्रेस सल्लाहकार दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै संघको बैठक प्रत्येक महिनाको २९ गते बस्ने निर्णय गरेको छ । बैठकमा बरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । बैठकको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।