अभिभावकले गर्दा विद्यार्थी विग्रिएः मनोविद कडेँल

तुलसीपुर,४ माघ । मनोविद डा. शुसिल कडेँलले अभिभावकले चासो नदिदा विद्यार्थीहरु विग्रिएको बताएका छन् । उनले अभिभावकले विद्यार्थीलाई समय दिएमा कुलतमा पनि नफस्ने बताए ।

त्यस्तै अभिभावकले विद्यालयमा गएर विद्यार्थीहरुको अबस्था बुझ्दा पनि विद्यार्थीहरु सही बाटोमो हिड्ने बताए । उनले विद्यार्थीहरुलाई गृहकार्यको भारी बोकाउन नहुँने समेत बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले विद्यर्थीहरु अभिभावकले फेसबुक, टिकटक चलाउनु परेमा बच्चलाई गृहकार्य दिने गरेको भन्दै यसले बच्चामा सकारात्मक प्रभाब नपर्ने बताए ।


दाङको बबई ४ स्थित ग्रट आइडल एकाडेमीको बार्षिकोत्सवको अवसरमा प्याब्यसन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । उक्त विद्यालय लुुम्बिनी फ्यूचर पाथद्वारा सञ्चालित हो । त्यस अवसरमा पाथका सिईयो बामदेव सापकोटाले विद्यार्थीलाई उत्पादनसंग जोड्ने समेत बताए ।

पाथका अध्यक्ष मोहन स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु शर्माले विद्यालयका गतिबिधिको बारेमा जानकारी गराएका थिए, भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक कमल भण्डारीले गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए  ।