लमही खानेपानीमा सत्ता पक्ष गठबन्धन विजयी

दाङ
२३ माघ / लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सत्तापक्ष गठबन्धनले विजयी हात पारेको छ । आईतबार विहान सार्वजनिक मतपरिणाम अनुसार गठबन्धनका जंगबहादुर चौधरीको प्यानल निर्वाचित भएको हो ।

निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलका अनुसार उमेदवार चौधरीले १५१८ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका सनम कुमार पौडेलले १०४३ मत प्राप्त गरेका थिए ।


सत्ता गठबन्धन र एमालेले आ–आफ्नो प्यानल बनाएर चुनाबी मैदानमा गएका थिए । त्यस्तै उपाध्यक्षमा सीतादेबी चौधरी १४२१ मत प्राप्त गरी निर्वाचित भएकी छिन्, भने उनका निकटतम प्रतिद्धन्द्धी श्यामकला भुसालले ९३३ मत प्राप्त गरेकी छिन् ।

सचिवमा बसन्त आचार्यले १२३३ मत प्राप्त गरी निर्वाचित भएका छन्, भने उनका प्रतिद्वन्दी दशरथ घिमिरेले ११७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा बासुदेब गौतमले १३७८ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका प्रतिष्प्रर्धी देवमणी चौधरीले ९८५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा जगनारायण चौधरी १४२१, किरण चौधरी १४४२, ज्ञान बहादुर विक १४००, शिवा चौधरी १४०९ , सीता खत्री पोख्रेलले १४५८ मत प्राप्त गरी विजयी भएका छन् । संस्थामा ४ हजार २ सय ७७ मतदाता रहेकोमा २ हजार ७ सय ९ जनाले मतदान गरेका थिए ।