
तुलसीपर, ३१ जेठ ।
विश्व रक्तदान दिवसको अवसरमा तुलसीपुर नगर जेसिसले रक्तदान कार्यक्रम गरेको छ । जेसिसको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन आईतबार विश्व रक्तदाता दिवसको अवसरमा राप्ती प्रादेशिक अस्पतालमा रहेको रक्तदान केन्द्रमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।
तुलसीपुर नगर जेसिस वर्ष २०२६ का अध्यक्ष कमल प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यता तथा राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर पोख्रेल विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रम संयोजक शिव न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सप्ताहको बारेमा विस्तृत जानकारी मूल संयोजकसागर न्यौपानले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शाहले यस्ता कार्य निरनतर गर्नुपर्ने बताएका थिए । यसले समाजमा सकारात्मक उर्जा थप्ने समेत उनको भनाई छ ।



लाइभदाङ । ३१ जेष्ठ २०८३, आईतवार २०:२५ बजे