गणतन्त्रको सौन्दर्यता समाबेसी नेतृत्व अध्यक्ष बस्नेत

निराश पान्डे
शान्तिनगर, १५ जेठ ।

शान्तिनगर गाउँपालिकाका ननवनिर्वाचित अध्यक्ष प्रमोद बस्नेतले गणतन्त्रमा समावेसी नेतृत्व र सबैको भावना समेटिएको कुरा बताउनु भएको छ । आज १५ औं गणतन्त्र दिवसको अवसरमा शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाट द्वारा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा अध्यक्ष बस्नेतले बताउनु भएको हो । साथै गणतन्त्रलाई संस्थागत गर्न हामी सबैको दायित्व रहेको समेत बताउनु भयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रेमा के .सी ले हजारौ सहिदहरुको बलिदान बाट उपलब्ध भएको गणतन्त्रले गर्दा नै हरेक समुदायको प्रतिनिधित्व भएको पाएका छौ यो नै हामीहरुको लागि खुसिको कुरा हो। कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण कंडेल र वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के.सी ले पनि आफ्नो भनाइ राख्नु भएको थियो, भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख सुमन पान्डेले गरेका थिए।साथै गणतन्त्र दिवसकै अवसरमा शान्तिनगर गाउँपालिकाले कार्यालय परिसरमा सरसफाइ समेत गरेको छ ।


उक्त सरसफाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष, वडा नम्बर तीन र चारका जनप्रतिनिधि , कर्मचारी , सुरक्षाकर्मी र पत्रकारको सहभागिता रहेको थियो। उता शान्तिनगर गाउँपालिकाका विभिन्न वडाहरुले पनि गणतन्त्र दिवसकै अवसरमा आज विविध कार्यक्रम गरेका छन यसै क्रममा वडा नम्बर १ ले दिप प्रज्वलन र कार्यालय परिसरमा सरसफाइ गरेको वडा अध्यक्ष जंग बहादुर पुनले बताएका छन। तेसै गरि वडा नम्बर ५ ले पनि वडा कार्यालय रंगैजामा सरसफाइ गरेको वडा अध्यक्ष ओपेन्द्र रावतले जनाएका छन्, भने वडा नम्बर ७ ले पनि वडा कार्यालय खैरेनिमा दिपप्रज्वलन र कार्यालय परिसरमा सरसफाइ गरिएको वडा अध्यक्ष तारा बहादुर ओलिले जनाएका छन।