दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ, १२ जेठ ।
दाङमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्र्तगत घोराही १० सेवार खोला नजिकै रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ नयाँबस्तीका बागकुमार पुन रहेको जिल्ला प्रहरी कार्यलय दाङका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए । उनका अनुसार मिनि ट्रक घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको थियो ।


सोहि समयमा विपरित दिशाबाट आएको मोटरसाइकल लाई आज साँझ साढे ५ बजे ट्रकले ठक्कर दिएको हो । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए ।