राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा एमाले–काँग्रेस गठबन्धन विजयी

दीपक बोहरा
दाङ,११ माघ ।
राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट एमाले–काँग्रेस गठबन्धन विजयी भएका छन् ।
आईतबार दाङको घोराहीमा भएको निर्वाचनबाट एमाले–काँग्रेस गठबन्धनबाट नेपाली काँग्रेसका अपाङ्ग कोटाबाट उम्मेदवार बनेका दाङका बासुदेव जंगली र खुल्लाबाट गुल्मीका चन्द्रबहादुर केसी, एमालेबाट महिला तर्फकी उम्मेदवार गुल्मीकी रामकुमारी झाँक्रीले विजयी हाँसिल गरेका हुन् ।

जंगलीले ६३२२ मत , केसीले ५९७७ मत र झाँक्रीले ६३०३ मत प्राप्त गरेकी छन् । गठबन्धनका उम्मेदवार विरुद्ध नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निकटतम प्रतिस्पर्धी थिए ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट अपाङग कोटाबाट बाँकेका सर्जन बिकले १६०१ मत , महिलाबाट पाल्पाकी दुर्गा कुमारी भण्डारीले १३६२ मत र अन्यबाट नवलपरासी पश्चिमका बृस्पति अधिकारीले १८३२ मत प्राप्त गरेका थिए ।


त्यस्तै राष्ट्रिय जनमोर्चाबाट अन्यबाट प्युठानका बोमबहादुर खत्रीले १३३ महिलाबाट प्यूठानकै पदमा पण्डितले १४२ मत प्राप्त गर्नुभएको थियो ।

लुम्बिनीमा अपाङ्ग, महिला र अन्य गरि तीन पदकालागि भएको निर्वाचनमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो । एमाले–काँग्रेस गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी र राािष्ट्रय जनमोर्चा चुनावि मैदानमा थिए ।

लुम्बिनीमा प्रदेशसभा तर्फ ८३ र स्थानीय तहमा दुइसय १९ मतदाता रहेको मध्ये प्रदेशसभा तर्फ ७८ र स्थानीय तहका प्रमुख र उपप्रमुख तर्फ २०८ मत खसेको थिए । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।