तुलसीपुर गोरखाकी पन्त बनिन् मेधावी छात्रा

दाङ, २४ पुस ।
गोरखा सेकेन्डरी स्कुल तुलसीपुरकी छात्रा बिशिका पन्त मेधावी छात्रा– २०७९ बनेकी छन् । प्याब्सन दाङ र एपेक्स कम्प्युटरको आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पाटनरमा भएको प्रतियोगितामा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरमा कक्षा १० मा अध्ययनरत छात्रा पन्तले ८६ अंक प्राप्त गरी मेधावी छात्रा बन्न सफल भएकी हुन् ।


त्यसैगरी दीपशिखा आवासीय माबिमा अध्ययनरत रिदम घिमिरे र गोरखा सेकेन्डरी स्कुलमा अध्ययनरत इशा धिताल टप २ मा परेका थिए । टप ३ मा तुलसी आवासीय माबी तुलसीपुरकी भण्डारी, टप ४ मा तुलसी आवासीय माबी तुलसीपुरकी सम्पदा घर्तीमगर, टप ५ मा तुलसी आवासीय माबी तुलसीपुरकै रुपा सोतीमगर, टप ६ मा सुभेक्षा रावल, टप ७ मा हिमाल एकेडेमी चेतना वली र ज्योतिषी बिद्यापिठकी सुचित्रा अधिकारी र ८ मा प्रबेशिखा शर्मा पर्न सफल भएकी थिइन् ।

प्रतियोगितामा जिल्लाका विभिन्न निजी तथा आवासीय बिद्यालयमा कक्षा १० मा अध्ययनरत १ सय २२ जना छात्राहरुको सहभागिता रहेको थियो ।