५ बर्ष जनताको काम गरेरै बिताउने छु नवनिर्वाचितअध्यक्ष बस्नेत

निराश पान्डे
शान्तिनगर, ९जेठ ।

आफुले चुनावका बेला जनताको बिचमा गरेका प्रतिबद्धता ५ बर्ष भित्र पूरा गर्ने नवनिर्वाचित शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताउनु भएको छ। उक्त कुरा शान्तिनगरको ५,६ र ७ नम्बर वडामा नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत तथा सम्मान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो। अध्यक्ष बस्नेतले आफुले पद भार सम्हालेकै दिन देखि बिपन्न बर्गको लागि स्वास्थ्य बिमा र गर्भवति महिला हरुका लागि चौथो र आठौ महिनामा भिडियो एक्सरे निःशुल्क पर्दान गरिने घोषणा गरिसकेको बताउदै आफू क्षणिक राजनिती गर्ने मान्छे नभएको भन्दै अझै ३० बर्ष सम्म सक्रिय राजनीति गर्छु तर राजनिती गर्न लाई सधै तपाईं हरुको सपोट चाहिन्छ अहिले तपाईंहरुले मलाई अध्यक्षमा जिताउनु भएको छ म तपाईंहरुको सेबक भएर आएको छु म आफ्नो समय अबधिमा शान्तिनगरलाई लुम्बिनीकै उत्कृष्ट गाउँ पालिका बनाउने छु वहाँ ले भन्नू भयो।


विकास निर्माण क्रमिक तरिकाले हुन्छ तपाईंहरु ढुक्क हुनु होस अध्यक्ष बस्नेतले भन्नू भयो ।त्यसै गरि गाउँ पालिकाकी नवनिर्वाचित उपाध्यक्ष प्रेमा के सि ले महिला दिदी बहिनीहरुका लागि आय आर्जन र सिपमुलक कार्यक्रमका लागि आफुले प्राथमिकतामा राख्ने बताउनु भएको छ। नवनिर्वाचित अध्यक्ष र उपाध्यक्ष शान्तिनगरको गैरातिलवारी, धनौरा, बुराडाबर, रंगैजामा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनु भएको थियो ।