मानपुर-बिजाैरी फिडर अन्तर्गतका स्थानहरूमा आज पनि विद्युत नआउने

दाङ,२० माघ । तुलसीपुरका विभिन्न स्थानमा आज र भोलि दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार आज र भोलि (माघ २० र २१गते) तुलसीपुर क्षेत्रका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार मानपुर-बिजाैरी फिडर अन्तर्गतका स्थानहरूमा कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।


बनकट्टा,कालाखाेला र प्रसेनी आसपासका क्षेत्रहरूमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुने केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले ग्राहकवर्गलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्धारित समय अगावै काम सकिएमा विद्युत लाइन सुचारु गरिने जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख गोशलीले बताउनुभयो ।