तुलसीपुर, ८ जेठ ।
तुलसीपुर मेट्रो कलेजमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विशेष कार्यक्रमको आयोजना गरेर मनाईएको छ । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले ‘जैविक विविधता संरक्षणमा हाम्रो दायित्व’ विषयक वक्तृत्वकलाको आयोजना गरेर दिवस मनाएका हुन् । कार्यक्रममा बोल्दै सहभागीहरुले जैविक विविधताको संरक्षणमा सबैले ध्यान दिनु आजको आवश्यकता भएको औल्याएका थिए । उनीहरुले वातावरणीय सन्तुलन कायम गर्नका लागि वनस्पति र जीवको सन्तुलन कायम हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका प्रमुख वसन्त आचार्यले जैविक विविधताको सन्देशलाई गाउँ गाउँमा पु¥याउनुपर्ने कुरामा जोड दिए । उनले जैविक विविधताको संरक्षण हुन नसके सम्पूर्ण मानव अस्तित्व संकटमा पर्ने समेत बताए । ‘जैविक विविधता कायम गर्न सके पर्यटनमा समेत यसले महत्वपूर्ण टेवा पु¥याउन सक्दछ’ प्रमुख अतिथि आचार्यले भने । कार्यक्रममा दिया शर्मा प्रथम, सन्दिप मल्ल द्वितीय र मुनराज बुढा तेस्रो भएका थिए । हेरम्ब थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण भुवन बस्नेतले गरेका थिए ।
कार्यक्रममा शिक्षकहरु लक्ष्मी केसी, कल्पना वली र सचिन सुवेदीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । जैविक विविधताको महत्वलाई दर्शाउनका लागि हरेक वर्ष मे २२ मा जैविक विविधता दिवस मनाइने गरिएको छ ।
लाइभदाङ । ८ जेष्ठ २०७९, आईतवार १९:४९ बजे