दाङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते

तुलसीपुर, ११ मंसिर ।
दाङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन । हापुरे तुलसीपुर सडकखण्ड अन्तरगत श्रीगाँउबाट तुलसीपुर तर्फ आउदै गरेको रा ६ प ८८७२ नम्बरको मोटरसाइकललाई विपरीत दिसाबाट जादै गरेको ना ३ ख ३८९० स्कुल बसले दंगीशरण ६ वोगटी स्थित ठक्कर दिदा दुईजना घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक सान्तिनगर गाउपालिका ७ निवासी १९ वर्षीय कुसराज केसी र मोटरसाइकलमा पछाडी सवार सोही ठाउ निवासी २० वर्षीय चुर्न बहादुर बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते दुबैजनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


यस्तै तुलसीपुर नेपालगञ्ज सडकखण्ड अन्र्तगत तुलसीपुर १३ दमारगाउमा बसको ढोकाबाट खसेर एकजना घाइते हुनुभएको छ । घाइते हुनेमा दंगीशरण गाउपालिका ७ बाँका निबासी १८ वर्षीय अमृता कुमाल रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ११७२ नम्बरको गाडीको ढोका खुल्लै रहेकाले ढोकाबाट खसेर उहा घाइते हुनुभएको हो । घाइतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

त्यसैगरी तुलसीपुरबाट जसपुरतर्फ जादै गरेको रा ५ प ४३४७ नम्बरको मोटरसाइकल तुलसीपुर १२ एर्पोट नेर अनीयन्त्रीत भएर पल्टीदा दुइजना घाइते भएका छन । घाइते हुनेमा चालक सल्यानको कपुरकोट गाउपालिका २ गर्पा निवासी २६ वर्षीय लोक बहादुर थापा र पछाडी सवार सोही ठाँउ निवासी ४० वर्षीय ददीलाल थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेको दुबैजनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।