तुलसीपुर उपमहानगरः एमालेको अग्रता कायमै

दीपक बोहरा
दाङ,८ जेठ ।

दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । ३५१७५ मत गन्दा एमालेबाट मेयर पदका उम्मेदवार टिकाराम खड्का ८११ मतले अघि छन् । उनले १५ हजार ४०५ मत ल्याएका थिए, भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गरेर अग्रस्थानमा छन् । भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले १० हजार ८९२ मत ल्याएका छन् ।


अहिलेसम्म ९ वटा वडाको मतगणना सकिएको छ । ति मध्ये ४ वटा वडा एमालेले, ३ वटा वडा काँग्रेस र २ वटा वडा माओवादी केन्द्रले जितेको छ ।

आईतबार विहान सार्वजनिक मतपरिणाम अनुसार वडा नं. ७ मा नेपाली काँग्रेसका रामबहादुर जीसी दुईहजार ४०५ मत प्राप्त गरेर विजयी भएका छन्, भने उनका निकटमप्रतिद्वन्दी एमालेका डिल्लीराज भण्डारीले एकहजार ७९२ मत ल्याएका छन् । त्यस्तै वडा नं. ९ मा नेपाली काँग्रेसका घनश्याम ढकाल एकहजार ९ मत प्राप्त गरि विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका बामदेव न्योपानेले ९८६ मत प्राप्त गरेका छन् ।

तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हाँसिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।