प्रतिष्ठानमा उत्पादीत अक्सिजन बजारमा बिक्री सुरु

घोराही, २७ माघ ।
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन सिलिन्डर अस्पताललाई पुर्याएर बाकी बचेको सिलिन्डर बजारमा बिक्री सुरु गरेको छ ।

विभिन्न ब्यक्ति र स्वास्थ्य सस्थाले अब प्रतिष्ठानबाट अक्सिजनसहितको सिलिन्डर किनेर लैजान सक्नेछन । अहिले बजारमा १५ वटा अक्सिजनसहितको सिलिन्डर बिक्री गरिरहेको प्रतीष्ठानले जनाएको छ ।


प्रतिष्ठानमा २ वटा अक्सिजन प्लान्ट चालु भइ सन्चालनमा आईसकेको र दैनिक ३ सय सिलिन्डर उत्पादन भइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।