लागुऔषध कोरोवारीले भरियो इप्रका तुलसीपुरको हिरासत

तुलसीपुर
२२ पुस / ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्ष लागुऔषधका कारोवारीले भरिएको छ । तुलसीपुरमा लागुऔषध कारोवार व्यापक हुने गरेको भन्दै प्रहरीले मुख्य प्राथमिकता लागुऔषध कारोवारीलाई गरेको छ । सोही अनुसार अहिलेसम्म हिरासतमा २४ जना लागुऔषध कारोवारी मात्रै रहेको कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।“हामीले प्राथमिकता लागुऔषध कारोवारी नियन्त्रणलाई नै लिएका छौं”, उहाँले भन्नुभयो“अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौं ।”

६० जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेको बताउनुभयो । ति मध्ये २४ जना लागुऔषध कोरोवारी र अन्य १३ जना अन्य केशका रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार प्रयोगकर्ताहरुलाई ल्याउने हो भने हिरासतमा थेग्न नसक्ने अबस्था रहने अबस्था छ । तुलसीपुरमा प्रयोगकर्ताहरुको संख्या निकै रहेको उहाँको भनाई छ ।

सक्रिय बन्दै प्रहरी
दाङको तुलसीपुर लागुऔषधको ट्रान्जिट प्वाईन्टका रुपमा स्थापित छ । यो परिचयलाई मेटाउन चहान्छन्, तुलसीपुरवासी र तुलसीपुर प्रहरी । सोही अनुसार आफ्नो सक्रियतालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले तिब्र पारेको छ । अहिले सबै भन्दा बढि प्राथमिकता दिएर लागुऔषध कारोवार नियन्त्रण कार्य गरिरहेको ईप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक तथा कार्यालय प्रमुख श्यामु अर्यालले बताउनुभयो ।“हाम्रो चुनौति भनेको लागुऔषध नै हो”,उहाँले भन्नुभयो “हामीले सबैभन्दा बढि प्राथमिकता दिएर लागुऔषध ओसारपसार तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण गर्ने अभियान नै चलाएका छौं ।”

सबै भन्दा बढि समय नै यसलाई दिएको उहाँको भनाई छ । आफू कार्यालय प्रमुख भएर तुलसीपुर आएको ६ महिनामा ३ वटा डिलर समेत समात्न सफल भएको उहाँको भनाई छ ।“हामीले अहिलेसम्म तीन वटा डिलर समात्न सफल भएका छौं”, उहाँले भन्नुभयो“अझै तुलसीपुरमा २/३ वटा डिलर भएको भनि सूचना आएको छ, त्यसलाई पनि समात्नकालागि प्रयास गरिरहेका छौं ।”

तुलसीपुरमा प्रयोगकर्ताहरु अत्याधिक भएकाले ओसारपसार पनि त्यतिकै हुने गरेको उहाँको भनाई छ । सबैभन्दा धेरै १५देखि २० बर्षसम्मका युवाहरु रहेको भन्दै यसमा अभिभावकहरु सचेत हुनुपर्ने बताउनभुयो । “अभिभावकहरुलाई पनि आफ्नो सन्तान दुव्र्यसनमा फसेको थाहा हुन्छ, तर, आफ्नो सन्तानलाई सुधार गर्न त्यति ध्यान नदिएको पाईएको छ”,उहाँले भन्नुभयो“यसले उनीहरुको भबिष्य नै डामाडोल हुन सक्छ, त्यसैले अभिभाबहरु पनि अलि चनाखो बन्नुपर्छ ।”

अभिभावकले ध्यान नदिदा कुलतमा फस्ने र अपराधमा पनि संलग्न हुने गरेका छन् । एउटा ब्राउनसुगरको एक क्वाटरमा ५० देखि ७० मिलिग्रामसम्म हुन्छ । त्यसलाई एक हजार देखि १५ सयसम्म पर्छ । त्यसको लतमा फसेपछि दैनिक खानु पर्ने नखाएमा हात काप्नेसम्मको अबस्थामा पु¥याउने गर्छ ।“मैले एकजना प्रयोगकर्तालाई सोधे, दैनिक नआए के हुन्छ, भनेर उसले मलाई भन्यो‘एक दिन नखाए शरिर काप्न थाल्छ, अनि मेडिकलमा गएर अरु लागुऔषध खान्छौं भनेर जवाफ दिए”, प्रहरी प्रमुख अर्यालले भन्नुभयो“ यदि आफूसंग पैसा भएन भने अनेक बाहाना बनाएर घरबाटै पैसा समेत माग्ने, ठग्ने गर्ने गरेको भनि प्रयोगकर्ताले जवाफ दिन्छन् ।”


‘चुनौति पनि उत्तिकै छ’
ब्राउन सुगर कारोवारीलाई पक्राउ गर्न उतिकै चुनौती रहेको समेत उनले बताउनुभयो । सानो परिमाण को हुने, र त्यसलाई लुकाउन निकै सहज हुने हुन्छ”,उहाँले भन्नुभयो “ यसले गर्दा हामीलाई प्रमाण पु¥याउन पनि निकै गाह्रो हुन्छ ।” सूचना आएपनि आफूहरु जाँदा प्रमाण भेटाउन नसक्ने अबस्था आउने समेत उहाँको भनाई छ । तुलसीपुरमा नेपालगञ्जतर्फबाट आउने भन्दै त्यस क्षेत्रमा बढि निगरानी गरिरहेको उहाँको भनाई छ ।

होटेल व्यबसायीलाई प्रयोगकर्तालाई कोठा नदिन अनुरोध
प्रमुख अर्यालल दुव्र्यसनीहरु आएमा कोठा नदिन होटेल व्यबसायीलाई अनुरोध गर्नुभएको छ । अहिले होटेललाई उनीहरुले अखडा बनाउने गरेको भन्दै त्यस्ता व्यक्तीलाई कोठा दिएमा सजायको भागिदार हुने समेत बताउनुभयो ।

साथै होटेलमा आउने हरेक व्यक्तीको अभिलेख राख्न पनि अनुरोध गर्नुभएको छ । अहिले धेरै व्यक्तीहरु होटलमा आउने र घटना घटाउने क्रम पनि चलिरहेको भन्दै अभिलेख राखेमा अनुसन्धानमा सहज हुने उहाँको भनाई छ ।“होटेलमा आउने हरेक व्यक्तीको अभिलेख राख्न म होटेल व्यबसायीलाई अनुरोध गर्छु”, उहाँले भन्नुभयो“नामसंगसंगै उनीहरुको मोवाईल नम्बर कन्फर्म गरेर मात्रै बस्न दिनुहोला ।” सकेसम्म उनले होटेलको अगाडी सीसी क्यामेरा जडान गर्न पनि अनुरोध गर्नुभएको छ ।

चोरको पनि उत्तिकै विगविगी
तुलसीपुरमा पछिल्लो समय चोरीका घटना पनि उत्तिकै बढिरहेको प्रमुख अर्यालले बताउनुभयो । दुव्र्यसनीले व्याप्त रुप लिने र महंगो पनि पर्ने भएपछि जुँगारकालागि चोरी गर्नेहरुपनि बढेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले ४ जनाको मुद्दा चलिरहेको छ ।

घरमा कोही नभएको अबस्थामा चोरीका घटना बढिरहेकाले सजग हुनुपर्ने बताउनुभयो ।“हामी पनि आफै सजग हुनुपर्छ, चोर भनेको हाम्रो बारेमा थाहा पाएकै ब्यक्ती हुन्छ, जो घरमा नभएको मौका छोपी चोरी गर्छ”, उहाँले भन्नुभयो “त्यसैले बहुमूल्य बस्तुहरुलाई सकेसम्म घरमा नराख्ने गर्नुपर्छ ।”

वाल विवाहको पनि उतिकै समस्या
तुलसीपुरमा बालविवाहको पनि उतिकै समस्या रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । उहाँका अनुसार १४÷१५ बर्षका वालिकाहरुमा बढि यस्तो समस्या देखिएको छ । अनुसन्धानले सामाजिक सञ्जाल दुरुपयोग गर्दा बढि यस्तो समस्या देखिएको बताएको छ ।