तुलसीपुर १ मा माओवादीका हुमकान्त सापकोटा विजयी

तुलसीपुर,४ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को अध्यक्षमा गठबन्धनका उम्मेवार माओवादी केन्द्रका हुमकान्त सापकोटाले विजयी हाँसिल गरेका छन् । बुधबार सार्वजनिक मतपरिणाम अनुसार सापकोटाले ११५७ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका लक्ष्मण भण्डारीले १०३६ मत ल्याएका छन् । भण्डारी अघिल्लो निर्वाचनमा निर्वाचित ब्यक्ती हुन् । अघिल्लो निर्वाचनमा तुलसीपुरमा माओवादीले कुनै पनि प्रतिनिधि चुन्न सकेको थिएन ।


वडा नं. १ बाट मेयरमा एमालेका टिकाराम खड्काले १०७५ र गेहेन्द्र गिरीलाई ११३३, उपमेयरमा एमालेकी स्यानी चौधरीलाई १०५६ र एकीकृत समाजवादीका जोगबहादुर राणालाई ९२३ मत प्राप्त गरेका छन् ।