दाङमा भीरबाट लडेर मृत्यु भएका पुनको १० दिन पछि शव फेला

तुलसीपुर
१२ मंसिर ।
दाङमा भीरबाट लडेर मृत्यु भएका ६६ बर्षीय रामबहादुर पुनको १० दिन पछि शव फेला परेको छ ।

तुलसीपुर ९ छिल्लीकोट निवासी पुन मंसिर २ गते घरबाट बिजौरीतर्फ भकारी बेच्न आएका थिए । त्यही क्रममा घर फर्किने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भीरबाट लडेर मृत्यु भएको छ ।


पुनका छोरा प्रकाशका अनुसार घर परिवारले खोज्ने क्रममा शनिबार टोपी र जुत्ता फेला पारेपछि सोही आधारमा खोजी गर्दा लडेर मृत्यु भएको अबस्थामा फेला पारिएको हो ।

पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।