कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त १९ बर्षपछि पक्राउ

तुलसीपुर
११ वैशाख / कर्तव्य ज्यान मुद्दाका फरार २ फारार अभियुक्तहरूलाई दाङ प्रहरीले १९ वर्ष पछि पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको टोलीले शनिबार राप्ती गाउँपालिका वडा नं. ३ बसन्पुर स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्था पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने ६९ बर्षीय शुकदेव प्रसाद चौधरी र वर्ष ७१ बर्षीय सहदेव प्रसाद चौधरी रहेका छन् ।

उनीहरु २०५९ माघ ७ गते बेलुका जाहेरवालाको बुवा महाबीर चौधरीलाई कर्तव्य गरि मारेर ती २ अभियुक्त फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।