दाङमा शान्तिपूर्ण मतदान, ३ बजेसम्म ६० प्रतिशत मत खस्यो

शिवु खनाल
देउखुरी, ३० बैशाख ।
आसन्न स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ३ बजेसम्म दाङमा ६० प्रतिशत मत खसेको छ ।

प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार बिहान ७ बजेदेखि ३ बजेसम्म ६० प्रतिशतको हाराहारीमा मतदान भएको हो ।


दाङका सवै केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको उहाँले बताउनुभयो । ‘अहिले सबै मतदान केन्द्रबाट रिपोर्ट लिने काम जारी छ, उहाँले भन्नुभयो,–। ‘६० प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ । बेलुका सम्म ७५ देखि ८० प्रतिशत मत खस्ने सम्भावना रहेको छ ।´

दाङमा कुल ४ सय ६१ मतदान केन्द्र, एक सय ५३ मतदान स्थल तय गरिएको छ । मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागी रहेको छ ।।