गाउँपालिका अध्यक्षका उम्मेदवार बाँठाको गाडिले किच्दा एक बृद्ध गम्भिर घाइते

नेपाली कांग्रेसका तर्फबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडिले किच्दा एक बृद्ध गम्भिर घाईते भएका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ७ ढारवाङको नेपाल राष्ट्रिय मावि मतदान स्थलमा भोट हाल्न आएका अन्दाजी ६० वर्षिय पर्जे खत्रीलाई अध्यक्षका उम्मेदवार बाँठाकाे गाडिले किचेको प्रत्यक्षदर्शिले बताएका छन् ।


प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कांग्रेस उम्मेदवारले प्रयाेग गरेकाे गाडिले ठक्कर दिएकाे र त्यसपछि केही समय मतदान राेकिएकाे बताउनुभयाे । घटनापछि मतदान स्थलमा तनावपूर्ण अवस्थ सृजना भएकाे उहाँकाे भनाइर् छ । राेकिएकाे मतदान अझै सुचारू हुन सकेकाे छैन् । घाईते खत्रीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजादे गरिएको बताईएको छ ।