खबरदार ! जनतालाई किन्न नेता आउदैछन्

जतिबेला निर्वाचन आउछ, त्यसपछि जनताका घरमा आउछन्, भन्ने नागरिकको गुनासो नयाँ होईन् । राजनीतिकदलहरुको प्रबृति नै त्यस्तै छ । अघि–पछि कुनै चासो नदेखाउने राजनीतिक दलहरु जब निर्वाचन आउछ, त्यसपछि जनता खोज्दै जान्छन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । त्यसैलाई लक्षित गरि राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । घरदैलो तथा गाउँ–गाउँमा कार्यक्रमहरु भइरहेका छन् । गाउँ–गाउँमा चुनाबी चहलपहल बढिरहेका छ । जनतामाझ बिभिन्न अस्वासन देखाउने गर्छन् । जनताले जे माग्यो त्यो पूरा गर्ने बाँचा गर्ने गरेका छन् । गाउँ–गाउँमा भोजभतेर पनि चलिरहेको छ ।

राजनीतिमा स्वस्थ प्रतिष्पर्धा आबश्यक छ । आफ्ना एजेण्डा जनता माझ स्वस्थ ढंगले लैजानु पर्छ । तर, त्यसो हुन सकेको छैन, एक अर्कालाई सक्दो बल प्रयोग गरेर खुइल्याउने प्रबृति बढेको छ । मुलुकको सत्ता सञ्चालन गर्ने राजनीतिक दलहरुले हो । राजनीतिक दलहरुबाट जनताले ठूलो आशा, अपेक्षा गरेका हुन्छन् । लामो योग्दान, त्याग, तपस्या र बलिदानीबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको छ । विश्वकै उत्कृष्ट मानिने यो संविधानलाई पूर्ण कार्यान्वनयकालागि राजनीतिक दलहरु एकजुट हुन आबश्यक हुन्छ । राजनीतिक दलहरुलाई फुटाएर मुलुकका उपलब्धीहरुलाई ‘कोल्याप्स’ पार्ने रणनीतिमा बिभिन्न देशी, विदेशी शक्तिहरु चलमलाई रहेका छन् । यसमा सबै सजक हुनुपर्छ, जनताले पनि यो विषयमा आलोचनात्मक दबाद दिनुपर्छ ।


मुलकमा अबको एक बर्ष भित्र सबै तहको निर्वाचन हुँदैछ । यो बीचमा राजनीतिक दलहरुले आफ्ना गतिबिधिलाई चलायमान बनाउनु पर्छ नै । तर, अस्वभाबिक, अस्वस्थ तरिकाले होईन्, आफ्ना गतिबिधि जनतामाझ लैजादा सम्य तरिकाले लैजानु पर्छ । त्यसले निराश भएका जनतालाई उर्जा पनि थप्ने छ । ईमान र ईज्जतको राजनीतिमा ध्यान दिनुपर्छ । गालीगलौज होईन्, आफ्ना विकासका खाकाहरुलाई जनता माझ लिएर जनताको मन जित्ने हो । तर, जनतालाई झुक्क्याउने, जनताको मतलाई पैसा, मासु भातमा तुलना गर्ने प्रबृति राजनीतिक दलहरुमा देखिएको छ । यसले बिकास र समृद्धिमा भन्दा स्वार्थको राजनीतिमा बढि केन्द्रित हुन्छ । त्यसैले यसबाट आम नागरिक पनि सजग हुन आबश्यक छ । साभारः अग्रिम साप्ताहिक