
तुलसीपुर उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी आउँदा जति चर्चा थियो, सरुवा भएर जाँदा पनि त्यतिकै चर्चा भयो । उनको कार्यशैली र सुधारकालागि गरेको पहलले नै सबै भन्दा बढि चर्चा पायो । जसका कारण सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियाहरू आएका छन्। प्रशासनिक सुधारका लागि उनले फजुल खर्चमा कटौती र विकास योजनामा समयमै सम्झौता गर्ने प्रयास गरेका छन्, जसले केही हदसम्म प्रशंसा पनि पाएको छ। तथापि, उनका केही स्वभावजन्य र कार्यशैलीका कारण विवाद पनि उत्पन्न भएका छन्।
सर्वप्रथम, सुरुवातमा गरिएको कर्मचारी व्यवस्थापनमा समस्या आएको देखिन्छ। कर्मचारीहरूको सन्तुलन र मनोविज्ञानको ख्याल नगरी एक शाखाबाट अर्काे शाखामा सरुवा गर्दा कर्मचारीहरूमा असन्तोष र विरोधको स्थिति सिर्जना भयो । यसले प्रशासनिक कार्यमा अवरोध पु¥यायो भने प्रमुख प्रशासकीय अधिकृतमाथि घेराबन्दी नै भयो । कर्मचारी र सेवाग्राहीसँगको सन्तुलन कायम राख्न कठिनाइ भएपछि त्यसले निकै असर ग¥यो ।
तुलसीपुरमा भएको सफ्टवेयर खरिदको विवाद र अन्य प्रशासनिक प्रक्रियाले गर्दा विवादमा तानिएपनि उनले आफूलाई ‘विधिको शासन’ मा विश्वास राख्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनका सुधारका प्रयासहरूलाई ध्यानमा राख्दा, यसले तुलसीपुरका विकासका योजनाहरूलाई गति दिने संभावना पैदा गरेको छ। खर्चमा गरिएको कटौती र विभिन्न योजनाहरूको सम्झौतामा प्रगति, यस्ता उदाहरण हुन् जुन प्रमुख प्रशासकीय अधिकृतका सकारात्मक कदमको सूचक हुन्। नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको सहकार्य भने प्रशंसा योग्य छ। मेयर टिकाराम खड्का र डाँगी बीचको ‘क्यामिस्ट्रि’ एक सकारात्मक संकेत हो, जसले गर्दा प्रशासनिक प्रक्रियामा स्थिरता र कार्यमा निरन्तरता कायम राखिएको छ।
तर, जसरी सुधार र विवादको बीचमा तुलसीपुरको प्रशासन चलिरहेको छ, त्यसले भविष्यमा अझ चुनौतीहरूको सामना गर्न सक्छ। प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई कर्मचारी र सेवाग्राहीसँगको सम्बन्ध सुधार्ने, विवादहरूलाई हल गर्ने र कार्यशैलीमा सन्तुलन ल्याउन आवश्यकता छ। यसले मात्र उनको प्रशासनिक सुधारको यात्रा सफल बनाउन मद्दत गर्नेछ। तुलसीपुर उपमहानगरपालिकाको विकास र सुधारका लागि ठूलो सम्भावना छ, तर यसका लागि कर्मचारी र सेवाग्राही बीचको समझदारी र सन्तुलन अत्यन्त आवश्यक छ। प्रशासनिक सुधारको साँचो सफलताको लागि सबै पक्षको सहयोग र विश्वास निर्माण गर्न आवश्यक छ। साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ६ चैत्र २०८१, बुधबार ०८:४४ बजे