
तुलसीपुर, २९ भदौ ।
दाङको तुलसीपुर-६ स्थित चिया-सिया रेष्ट्रोले १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीहरूलाई चुरोट र रक्सी बिक्री-वितरणमा पूर्ण रोक लगाएको छ । स्वस्थ र मर्यादित खानपान संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्तो नियम बनाइएको सञ्चालक नरेश रेग्मीले बताए ।
समाजमा सकारात्मक सन्देश दिनुका साथै युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन १८ वर्षमुनिका ग्राहकहरूका लागि मद्यपान तथा धूम्रपानजन्य वस्तुहरू पूर्ण रूपमा निषेध गरिएको उनको भनाइ छ ।
साथै उक्त रेष्ट्रोले नयाँ सञ्चालनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर पनि ल्याएको छ। चिया-सिया मा खाजा खान आउने ग्राहकहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।



लाइभदाङ । २९ भाद्र २०८३, सोमबार १४:४८ बजे