स्मार्ट सिटि नजिकैको “अनस्मार्ट” गाउँ- टिक्रा लहलौरा

बबि बस्नेत

टिक्रा लहलौरालुम्बिनी प्रदेशको राजधानी दाङ्ग जिल्लाको तुल्सिपुर उपमहानगरपालिका वडा न. १६ मा अवस्थित एक सानो गाउँ हो। थारु समुदायको बाहुल्यता भएको यस गाउँमा ब्राहमण, क्षेत्री समुदायका मानिसहरुको पनि उतिकै बाख्लो बसोबास छ।भनाईमा चर्चा कमाएको स्मार्ट सिटि तुल्सिपुरबाट करिब करिब ६ किलोमिटर नजिक लहलौरा गाउँ विकासका दृष्टिकोणले हेर्दा भने त्यति स्मार्ट छैन। उपमहानगरपालिका भित्र पर्ने यो गाउँमा विकासका पुर्वधार नियाल्नेनै हो भने त्यस्तो हर्स मान्ने खालको विकास भएको देखिदैन।जनतामा हर्स भन्दा निरासा बढि देख्न सकिन्छ।

२०२२ सालमा राजा महेन्द्र विरविक्रम शाह र रानी रत्न राज्य लक्ष्मीदेवी शाह घोडा सवार भई अमेलिया,जलकुन्टी,भोजपुर हुदै लहलौरा बाट तुल्सिपुर जाने खबर पाएपछी गाउँलेहरु बाटो खन्न गएका र राजा महेन्द्र विर विक्रम शाह र रानी रत्न राज्य लक्ष्मी शाह त्यहि बाटो भएरलहलौरा आई तुल्सीपुर अंचलाधिस कार्यालमा बाँस  बस्न भयो।पछि यो बाटो रत्न राजमार्ग नामाकरण गरि रानी रत्न राज्य लक्ष्मी देवी शाहबाटै उद्घाटन भएको हो।यो राजमार्ग तुल्सीपुर देखि लहलौरा, भोजपुर हुँदै अमेलिया, जलकुन्टीजोड्ने दाङको सबैभन्दा पुरानो बाटो पनि हो।

वि.स.२०४८/४९ सालमा नेपाली कांग्रेसकानेता स्वर्गीय महेशराज अचार्यको अगुवाइमा पुकार पसल देखी लहलौरा भोजपुर जोड्ने बाटोको स्तरनोती हुनुका साथै बिद्धुत लाइन बिस्तार गरी गाउँमा पहिलो पटक बिजुलि बत्तिले झलमल भएको थियो। पछि महेशराज आचार्यको स्वर्गारोहन पश्चात गाउँका लागी योगदान पुर्याएको सम्झना गर्दै यो राजमार्गको नाम महेश राजमार्ग राख्ने नेपाली कांग्रेस कार्य समिति दाङ्गले निर्णय गर्यो।

त्यस्तै वि.स. २०१९ सालमा लहलौरा गाउँ निवासी जीवराज आचार्य र घनश्याम आचार्यको पहलमा गाउँमा पहिलो सरकारी विद्यालय लक्ष्मी माध्यामिक विद्यालको(हाल)स्थापना भयो। वि.स.२०६७/६८सालतिर खानेपानीका पाईप विस्तार हुनुका साथै धाराहरु निर्माण भएपनि काम समपन्न नहुदाँ धाराका पाईप अझै पनि अलपत्र अवस्थामै छन्।

गाउँलेहरुको पानी पीउने चाहाना भने हात्ति आयो हात्ती आयो फुस्सा भने झस्तै भयो।वि.स.२०७४ सालमा नेपाली कांग्रेका स्थानिय नेता गणेश चौधरको पहलमा प्रदेश सांसद डिल्लि बहादुर चौधरीको सांसद कोषको लगानीबाट लहलौरा गाउँमै खानेपानीका लागी डिप बोरिङ ठोक्ने काम सम्पन्न भयो। वि.स.२०७५ सालमा यम नारायण आचार्यको सिफारिसमा बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको करिब रु ८ लाखको लगानिमा सोलार-मोटर उपलब्ध भयो।

त्यस्तै स्थानिय सरकारको रु ५ लाख र स्थानीयवासीको रु ५ लाख गरी जम्मा रु १० लाखको लगानीमा पुन खानेपानीका पाईप विस्तार गरि घरघरमा अस्थाई धाराहरु जडान गरिएको छ।बर्षै देखी तुल्सीपुर लहलौरा जोड्ने पुल नहुदा रत्न राजमार्ग नै ओझेलमा परेको थियो। वि.स.२०७२/७३सालमा हाल नेपाली कांग्रेका प्रदेश सांसद डिल्लि बहादुर चौधरीको पहलमा तुल्सीपुर लहलौरा जोड्ने ग्वार खोलामा पुल बन्न सफल भयो।ग्वार खोला र बबई नदिमा पुल बने पश्चात रत्न राजमार्गको भविष्य उज्वल देखियता पनि नेपाल सरकारको ध्यान भने अझै पुग्न सकेको छैन।

२०४६/४७ सालमै जनश्रमदान मार्फत बाटोको ट्रयाक खोलिएको पुकार पसल देखी लहलौरा-भोजपुर निस्कने बाटो अहिले सम्म पनि पिच हुन सकेको छैन।त्यस्तै भोजपुर देखी अमेलिया जलकुन्टीको बाटो मर्मत सम्हार नहुँदा अहिले बन्द हुने अवस्थामा पुगेको छ।बर्षाको समयमा बाटो हिलाम्य हुने र सुख्खा समयमा बाटोमा धुलैधुलो हुने भएकाले यस क्षेत्रका जनताले दिनानुदिन सास्ति खेप्दै आउनु परेको छ।त्यस्तै गर्मी याममा पानीको चरम अभाव हुने भएकाले आफ्नो तिर्खा मेटाउन कति खेर धारोमा पानी आउला र गाग्री थापौला भनि घडिको सुई हेर्नुपर्न बाध्यातमक अवस्था छ।


बैकल्पिक उर्जा प्रबर्धन केन्द्र स्थानिय सरकार स्थानियवासीको लगानीमा पाईप विस्तार भए पनि पानिको ट्रयाङ्की बन्न नसक्दा गर्मी समयका बेला पानी खान समेत समस्या भएको छ।कतिपय ठाउँमा बिजुलीका पोल ढल्ने अवस्थामा छन् त कतै बाटाका ठाउँ-ठाउँमा गहिरा खाल्टा परेर मोटर गाडी दुर्घटना होलान की भन्ने डर छ।छिन छिनमा बत्ति जाने समस्या त सामान्य नै हो। कुटानी पिसानीका लागी रातको समय वासबेरै बिहान मिलमा जानुपर्ने समस्या यस गाउँको लागी नौलो होईन। मान्छे बिरामी पर्दा प्राथमिक उपचारका लागी यस गाउँमा एउटा स्वास्थ्य चौकी पनि छैन।

सामान्य जोरो आयो वा टाउको दुख्यो भने स्मार्ट सिटि तुल्सीपुर तिरै कुद्नु पर्ने हुन्छ।गाईबस्तु बिरामि पर्दा लैजाउ नजिकै कुनै सरकारी भेटेरनिरी अस्पताल छैन।यस गाउँका कृषकले कृषि तथा पशुपालन सम्बन्धी कुनै तालिम प्रविधिका बारेमा देख्न त परको कुरा सुन्न समेत पाईका छैन्न।केहि बर्ष अगाडि स्मार्ट सिटि तुल्सीपुर जान ग्वार खोला तर्नु पर्ने समस्या भने पुल बनेपछी सल्टिएको छ।पुल नबन्दा कयौँ मानिसको ज्यान समेत जाने गर्दथ्यो।

देशमा तिन तहको सरकार छ संघियसरकार, प्रदेशसरकार र स्थानिय सरकार।चुनाव ताका गाउँ-गाउँमा सिहंदरबार भन्ने नारा सुन्न पाए पनि गाउँलेहरुले स्थानिय सरकारको अनुभुति भने त्यती गर्न नसकेको गाउँलेहरुको निराशाबाटै प्रस्ट हुन्छ।देशमा आमुल परिवर्तन भयो नेता बदलियो, सरकार बदलियो तर गाउँका किसानका समस्या भने जिउकातिउ भईरहे।यस गाउँका किसानले न समयमा धानको बिउ पाए न त मल।किसानहरु मल र बिउका लागी छटपटाईरहदा स्थानिय सरकार भने मुक्तदर्शक बनिरह्यो।

स्थानिय सरकार भएदेखी यस गाउँको विकासका लागी आजसम्म गतिलो बजेट बिनियोजन भएको छैन।अझ आर्थिक बर्ष २०७७/७८ को कुरा गर्ने हो भने त लहलौरा गाउँका लागी एक रुपैया बजेट परेको थिएन।स्थानिय सरकारलेविकासको नाउँमा टिक्रा लहलौरा देखी १६ न. को वडा कार्यालय जोड्ने डेढ किलो मिटर बाटोमा नाला बनाउनुका साथै ग्राबेल गर्ने कार्य भने गरेको छ। यस गाउँको सिमामा पर्ने ग्वार खोलाको अवैध उत्खनन् गरि गिट्टि बालुवा ओसार पसार गर्नाले सिचाई कुलो अलपत्र परेको छ भने खोला नजिकैको पुल र जमिन समेत जोखिममा परेका छन्।

यस विषयमा गाउँलेहरुले आवाज उठादापनि स्थानिय सरकारले सुने पनि नसुने झै गरिरहरेको छ र दोहन पनि भईराखेको छ।खेति किसानी गरेरै आफ्नो जिविको पार्जन गर्दै आएका यस गाउँका किसानका लागी प्रदेश सरकार र स्थानिय सरकारले किसानको आयस्थितिलाई उकास्न कुनै कार्यक्रम ल्याएको छैन।पुर्व गृहमन्त्री खुम बहादुर खड्का, पुर्व सभामुख कृष्ण बहादुर महरा,हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री सङ्खर पोख्ररेल,पुर्व सिचाई मन्त्री दिपक गिरी,नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली,लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली चौधरी जस्ता राष्ट्रिय स्तरमा ख्याति प्राप्त नेता दाङ्ग जिल्लामा भएपनि यस क्षेत्र आजभोली अभिवाहक विहिन जस्तै बनेको छ।चुनावका बेला मात्र गाउँ पस्ने, सत्ता र भागबण्डाको खेलले आफ्नो निर्वाचन क्षेत्र समेत पुग्न पुर्सद नभएका जनप्रतिनिधिहरुसंग आशा गर्नु मनको लड्डु घिउसँग खानु जस्तै हो।

टिक्रा लहलौरा त एउटा प्रतिनिधित्व गर्ने गाउँ मात्रै हो।सम्रग देशका गाउँहरु हेर्न हो भने यस्ता समस्या जहाँततै छन्।कुनै गाउँमा रोगले मर्न पर्ने अवस्था छ त कुनै गाउँमा भोकले।नेपालका कयौं गाउँमा अझै पनि गाँस, बास, कपास, खानेपानी, बिजुली बत्ति, स्वास्थ्यर शिक्षाको पहुँच पुग्न सकेको छैन।

मानिस भएर जन्म लिएपछि मुलभुत आवश्यकताको अनुभुति गर्न पाउनु नागरिकको अधिकार हो भने आवश्यकता पुरा गर्नु राज्यको कर्तव्य पनि त हो।देशमा आमुल परिवर्तन आयो नागरिका समस्या समाधान होलान,खाडिमा जान नपर्ने,रोजगार होला, शान्ति सुरक्षा होला, टाटा परेका आमाहरुका चोलि र बुवाका कमिज फेरेन आशा, आशामा सिमित रहे।नागरिकका समस्या बुझेर जनप्रतिनिधिले काम गर्दिए जनता कति खुसि हुने थिए होला।

जनाताबाट चुनिएका जनप्रतिनिधिले जनताको मुल भावना र मर्मलाई बुझीजनस्तरमै गई जनतालाई खुसी पार्न सके मात्र समृद्ध नेपाल सुखि नेपालीको परिकल्पना गर्न सकिन्छ।