नयाँ पुस्ता राजनीतिको द्योतक हो

आजाद खड्का
राजनीति मानव सेवा हो । मानव समाजको विकासक्रममा विभिन्न किसिमका राज्यसत्ता निर्माण भए । यी सबै प्रकारका राज्यसत्ता संघर्षको माध्यमबाट भएका छन्  । कार्ल माक्र्सका अनससार–मानव समाजको पहिलो–आदिम साम्यवादी युग हो । यस युगमा दुईवटा उपयुग वा चरण रहेका छन् । पहिलो उपयुग (चरण) जंगली र दोस्रो उपयुग (चरण) बर्बर हो । पशुजगतबाट अलग (चेतनशिल प्राणी) नवनुन्जेल आदिम साम्यवादी युगको पहिलो उपयुग (चरण) मा थियो । पशुजगतबाट अलग भएसंगै मानव समाज दोस्रो उपयुग (चरण) बर्बर युगमा प्रवेश ग¥यो । मानव जातिमा बढ्दै गएको चेतना संगै जनसंख्यामा पनि भईरहेको जनसंख्याको बृद्वि र फलफुल–कन्दमुल र शिकारको अभावका कारण विभिन्न कविला समुहविच भएको झडपले व्यक्तिगत–परिवार र नीजि सम्पत्तिको उदयसंगै वर्ग विभाजन भएको पाइन्छ ।

यसरी समाजमा भएको गरिखाने र बसिखाने वर्ग विभाजनसंगै बसिखाने वर्गले आफ्नो वर्गको रक्षाका खातिर राज्यसत्ताको निर्माण गरेको देखिन्छ। यसरी सुरू भएको राजनीतिमा निरन्तर अहिले सम्म वर्गसंघर्ष हुँदै आएको छ । दोस्रो–दास मालिक युग, तेस्रो–सामन्तवादी युग र चौथो पुँजीवादी युगको विकास हुँदै आएको छ । यो पुँजीवादी युग भित्र विभिन्न चार उपयुग (चरण) विकास भएका छन् । सामन्तवादी युगको गर्भमा हुर्किदै विकास भएको सिल्पकारहरूको विकास र फेरीवाला व्यापारीहरूको अनुभवसंगै त्यतिबेलाको समाजको आवश्यकताले उनीहरूविच एकता भएर पुँजीवादको उदय भएको हो । जसलाई व्यापारिक पुँजीवाद भनिन्छ । यसलाई पुँजीवादको पहिलो उपयुग (चरण) भनिन्छ ।

मानिसको आवश्यकताले उत्पादनमा बृद्विको माग ग¥यो । उत्पादनको माग बढ्नुका साथै उद्योग, कलकारखाना तथा फ्याक्ट्रीहरूको व्यापक विकास भयो । वास्पचालित मेसिन उत्पादन संग व्यापक वृद्विसंगै उत्पादनमा पनि अथाहा वृद्वि भयो । समाजमा फेरीवाला व्यापारद्वारा सेवादिन असंभव भयो । बजारको निर्माण गरेर उत्पादन गरेका माल (वस्तु) एक ठाउँमा गोदाम गर्ने र त्यहाँ सबै आएर माल सामान खरिद गर्ने परिपाटी बस्यो । यसलाई हामीले औद्योगिक पुँजीवाद (माक्र्सकालिन पुँजीवाद) भनिन्छ । यो पुँजीवादको दोस्रो उपयुग (चरण) हो । औद्योगिक पुँजीवादले बढाएको व्यापक उत्पादन र स्टगको प्रक्रियाले को बढि धनी र कसले बढि साम्राज्य कायम गर्ने भनी पुँजीवादी शासकहरूका बिच तिव्र संघर्ष भयो । कमजोर राष्ट्रहरूमा उपनिवेश कायम गर्ने । त्यहाँका प्राकृतिक स्रोत साधनको दोहन गर्ने र संसारभरी एकाधिकार कायम गर्ने उदेश्य सहित वित्तिय पुँजीको व्यापक विकास गर्ने प्रक्रिया भयो । यो पुँजीवादको तेस्रो उपयुग (चरण) भनिन्छ । यतिबेला पहिलो विश्वयुद्व समेत भएको थियो ।

– पहिलो विश्वयुद्वः १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रूपमा चीन र प्रशान्त द्विप समुह) मा चलेको लडाईंलाई पहिलो विश्वयुद्ध भनेर जानिन्छ । यी क्षेत्रहरूमा यो लडाईं जल, स्थल तथा आकाशमा लडिएको थियो । यस युद्धमा अभूतपूर्व धनजनको क्षति भएको थियो र यस युद्धलाई नै विश्वयुद्ध भनिएको हो। लडाईंमा भाग लिने गठबन्धनतर्फका देशहरू, बेलायत, फ्रान्स, अमेरिका, रुस इटाली र अरूबाट गरि कुल मारिएका सेना संख्याः ५,५२५,०००, घाइते सेनाः १२,८३१,५००,हराएका सेना ४,१२१,०००, जम्मा २२,४७७,५०० रहे भने,

त्यस विश्व युद्वमा भाग लिने केन्द्रीय शक्तितर्फका देशहरू (केन्द्रिय शक्ति) तर्फ अस्ट्रेलिया–हङ्गेरी, जर्मनी, ओटोमन, बलगारिया र अरूहरूका तर्फबाट मारिएका कुल सेना संख्याः ४,३८६,०००, घाइते सेना ८,३८८,०००, हराएका सेना ३,६२९,००० जम्मा १७,४०३,००० मानविय क्षति व्यहोर्नु परेको थियो । यसलाई वित्तिय एकाधिकार पुँजीवाद वा लेनिन् कालिन साम्राज्यवादी विश्व व्यवस्था समेत भनिन्छ । दोस्रो विश्वयुद्व समेत यश चरणले व्यहोरेको छ ।

– दोस्रो विश्वयुद्ध :  १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वस्तरीय युद्ध थियो । लगभग ७० देशहरूका जल–थल–वायु सेनाहरू यस युद्धमा सम्मलित थिए । यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र । यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो। युद्धको अन्तमा मित्र राष्ट्रहरूको जीत भयो। यहि साम्राज्यवादी चरम अन्तरविरोधका कारण भएको पहिलो र दोस्रो विश्व युद्वबाट वेलायत कमजोर भएको अवस्थामा भारतमा महात्मागांधिको नेतृत्वमा चलेको अंग्रेज भगाव आन्दोलन सफल भएपछि सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको हो ।

राज्यसत्ताको निर्माण विकास र रक्षाको यी युद्वहरूलाई राम्रोसंग नियाल्ने हो भने राज्यसत्तालाई राम्रोसंग अध्ययन गर्न सकिन्छ । यसरी विकास हुँदै अघि बढेको पुँजीवादले आफ्नो फाईदाका लागि लगानी गरेर विज्ञान र प्रविधिमा गरेको व्यापक विकासले पुँजीपति वर्गको प्रतिस्प्रर्धाका कारण आम मानिसहरूले पनि प्रयोग गर्न पाएको कुुरा सर्वविदितै छ । यो मानवजातिले संघर्षकाक्रममा उत्पादकशक्तिमा गरेको अभुतपूर्व विकास हो । उसले मानवजातिलाई भौतिक र बौद्विक दुवै श्रमका लागि सहज वनाएको छ । यो विज्ञान र प्रविधिमा मानवजातिले गरेको अभूतपूर्व विकास एवं डिजीटल दसनियामा प्रवेश गराएको छ ।

उत्पादक शक्ति मध्य मानव श्रम नै मुख्य उत्पादक शक्ति हो । मानव चेतना द्वारा गरिएको भौतिक र बौद्विक श्रमको उपज हो । यसलाई भुमण्डलीकृत पुँजीवाद भनिन्छ । यी सवै युग र उपयुग (चरण)लाई मापन गर्ने मानक हुन्छ । मानक निर्धारण गरिसकेपछि राज्य व्यवस्थालाई सोही अनुसार मुल्याङ्कण गर्नुपर्छ ।

– राजनीति  र राज्यव्यवस्थाको मापनको मानक
हामीले गर्ने राजनीतिक र त्यहि राजनीतिबाट निर्माण गरिएको राज्य व्यवस्थाको अध्ययन तथा मुल्याङ्कण वा मापन गर्ने मानक भनेको उसले अपनाउने उत्पादन प्रणाली हो । यहि मानकका आधारमा यो व्यवस्था जनताको हो कि होईन भनी बुझ्नु पर्दछ ।

-सर्वप्रथम राज्यसत्ता भनेको के हो ?
राज्य र सत्ताको दुई शब्द मिलेर बनेको एउटा शब्द राज्यसत्ता हो । राज्य भनेको तोकिएको निश्चित एरिया (जहाँ वर–पर तल–माथि चारै तिर सिमाना निर्धारण गरिएको हुन्छ) हो । जस्तो कि पुर्व, दक्षिण, पश्चिम तर्फ भारत र उत्तर तर्फ चीन रहेको यी दुई देशका बीचमा रहेको एक स्वतन्त्र, सार्वभौम राज्य (देश) नेपाल हो । यो तोकिएको निश्चित एरियामा तागतको बलमा गरिने शासनलाई सत्ता भनिन्छ । त्यसैले यसलाई नेपाल नामको राज्यसत्ता छ । त्यो राज्यसत्तामा शासन गर्ने वल निर्वनचन प्रक्रियाबाट आर्जन गरिन्छ । जस्तै :– नेपालमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट गरि कुरा २७५ जना संसद सिट छनोट छ । यसरी चुनियका प्रतिनीधि सभाका बहुमत सांसद १३८ जनाको संसद सिट हुन्छ । जसले १३८ जना संसदको समर्थन प्राप्त गर्छ । त्यहि नेता (जस्तो कि २६८ जना संसदको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेको छ) प्रधानमन्त्री बनेका छन् । नेपालमा अहिले प्रचण्ड नेतृत्व सरकारले शासन गरिरहेको छ । सारतः राज्य भनेको तोकिएको निश्चित एरिया हो । सत्ता भनेको त्यो एरियामा विधि र प्रक्रियाबाट प्राप्त तागत, बलको शासन हो ।

-राज्यसत्ताको आधार र उपरिसंरचना
हामीले माथि उल्लेख गरिसकेका छौं । राजनीतिक सहि वा गलत भनी बुझ्न सबै भन्दा पहिले राज्यसत्ता बुझ्नु पर्छ । हामीले गर्ने राजनीतिबाट निर्माण गरेको/भएको राज्यसत्ता कस्तो छ ? त्यो राज्यसत्ताको आधार कस्तो छ ? त्यो आधारको चरित्र कस्तो छ र त्यस्तो चरित्र भएको आधारको अनुकुल चल्ने उपरिसंरचनाका रूपहरू कस्ता रहेका छन् ? राज्यसत्ता, त्यसको आधार र उपरिसंरचनालाई सहि अर्थमा बुझ्न राज्यसत्तालाई एउटा घरको रूपमा बुझ्यो भने सहि अर्थ लगाउन सकिन्छ । प्रकृतिले दिएको जमिनमा एउटा घरको जग खनिन्छ ।

त्यो जमिनमा खनिएको जग जति बलियो (जस्तो) छ, त्यस्तै घर बन्छ । त्यसरी हालिएको जग माथि गारो लगाईन्छ । गारोमा छानो हालिन्छ । अनि जग, गाह्रो र छानो आदिको कुल योगफल घर बन्छ । जगले घरलाई मजबुतसंग अडाउछ । जगको बलमा अडिएको गारोले छावा, हुरी छेकेर मानिसलाई वस्ने वातावरण बनाउछ भने सबै भन्दा माथि छानो हालिन्छ । छानोले आकाशबाट आउने पानी र घामबाट जोगाउछ । अनि त्यो मानवजातिले वस्न लायक घर बन्छ । यसरी घर बने जस्तै राज्यसत्ता पनि आधार र उपरिसंरचना मिलेर बनेको हुन्छ ।

आधार र उपरिसंरचनाको कुल योगफल राज्यसत्ता हो। आधार प्रति राज्यसत्ता वफादार हुन्छ र उपरिसंरचनाले पनि आधार अनुकुल भएर राज्यसत्ताको सेवा वा मलजल गरिरहेको हुन्छ । त्यसकारण राज्यसत्ताको आधारको चरित्र अनुसार राज्यसत्ता सञ्चालित हुन्छ । उपरिसंरचनाहरू आधारको अनुकुल चलिरहेका हुन्छन् । आधार राज्यसत्ताको जग, मुटु वा सारपक्ष हो भने उपरिसंरचना छानो वा रूपपक्ष हो । सारपक्ष वास्तविक तागत हो तर, देखिदैन । रूपपक्ष आधारको सौन्दर्य वा रूपपक्ष हो । यो समाजमा प्रस्ट देखिन्छ ।

-राज्यसत्ताको आधार
राज्यसत्ताको आधार भनेको राज्यसत्ताले अख्तियार गरेको उत्पादन प्रणाली हो । हाम्रो राज्यसत्ताको आधार भनेको हाम्रो राज्यसत्ताले अपनायको उत्पादन प्रणाली हो । त्यो भनेको पुँजीवादी उत्पादन प्रणाली हो । यसले नेपालमा उत्पादन गर्दैन । यसले अरूका देशमा उत्पादितमाल आफ्नो देशमा सप्लायर्स गर्छ । जनता ती मालका उपभोक्ता हुन् । उपभोक्तालाई अन्त उत्पादित माल सप्लायर्स गरि त्यसबाट नाफा लिन्छ । त्यहि दलालीबाट प्राप्त पुँजी नै नेपालको मुख्य उत्पादित पुँजी हो ।


यसरी उत्पादित पुँजीको स्वामित्वको प्रश्न, वितरण प्रणाली, मानविय सम्बन्ध, उत्पादक शक्तिको निर्माणमा पुँजीवादी शैली छ । त्यसैले ‘दलाल पुँजीवादी उत्पादन प्रणाली’ पनि भनिन्छ । यहि उत्पादन प्रणालीप्रति वफादार हुने गरि राज्यसत्ताका समग्र उपरिसंरचनाहरू निर्माण गरिएका हुन्छन् । त्यो आधार अनुकुल उपरिसंरचनाहरू सञ्चालित भएनन् भने उनीहरू आधार अनुकुल बदल्न बलप्रयोग गरिन्छ । दमनको माध्यमबाट भए पनि उपरिसंरचनालाई आधार अनुकुल बनाईन्छ ।

-राज्यसत्ताको उपरिसंरचना
राज्यसत्ताले निर्माण, विकास र परिचालन गरेको दर्शन, विचार, सिद्वान्त, सरकार, सेना–प्रहरी–प्रशासन, कानुन्, संविधान, अदालत, जेल, सदन, राजनीतिक दल, कला–साहित्य, संस्कृति, भाषा, धर्म, शिक्षा आदि हुन् । यी उपरिसंरचनाका विभिन्न अंगहरू एकापसमा स्वच्छ प्रतिस्प्रर्धा गर्दछन् । यिनीहरू सधै विभिन्न कलात्मकशैली प्रदर्शन गर्दै जनतामा सेवा गर्न तल्लिन हुन्छन् । राज्यसत्ताको आधारकोरूपमा रहेको उत्पादन प्रणालीले दिएको अधिकारलाई उपरिसंरचनाका विभिन्न अंगहरुले आ–आ–ना क्षमताहरू कलात्मकरूपमा प्रदर्शन गरेर जनसेवामा जुट्छन् ।

जसले सहि गर्छन् । उनीहरू पुरस्कृत हुन्छन् । गल्ती गरे दण्डित हुन्छन् । गलत नहोस भनेर राज्यसत्ताले आफ्ना उपरिसंरचनाहरू मध्य मुख्यतः कार्यपालिका (सरकार), व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) लाई शक्तिपृथ्वीकरणको सिद्वान्तका आधारमा राखिएको हुन्छ । यद्यपि अरू अंगहरू पनि आ–आफ्नो कर्तव्य र दायित्व पूरा गर्न त लागेकै हुन्छन् । तर पनि यी तीन शक्ति (कार्यपालिका–न्यायपालिका–व्यवस्थापिका) शक्तिलाई सन्तुलित गर्ने गरि बढि सक्रिय गराईएको हुन्छ ।

-उत्पादन प्रणाली भनेको के हो ?
हामीले माथि पनि स्पष्ट भनेको छौं कि उत्पादन प्रणाली भनेको राज्यसत्ताको आधार हो । राज्यसत्ताले जस्तो उत्पादन प्रणाली अपनाउछ । राज्यसत्ताको चरित्र पनि त्यस्तै हुन्छ । राज्यसत्तामा रहेको उत्पादक शक्ति र उत्पादन सम्बन्धको कुल योगफल उत्पादन प्रणाली हो । नेपालको उत्पादन प्रणाली दलाल चरित्र सहितको ‘पुँजीवादी उत्पादन प्रणाली’ हो ।

-उत्पादन सम्बन्ध भनेको के हो ?
उत्पादन सम्बन्धका तीन आयाम – उत्पादनका वस्तुमा हुने स्वामित्वको प्रश्न, मानविय सम्बन्ध र वितरणको स्वरूप हुन । यी तीन आयामको कुल योगफल नै उत्पादन सम्बन्ध हो ।

-उत्पादक शक्ति भनेको के हो ?
उत्पादक शक्तिका दुई आयाम–मानविय श्रम र उत्पादनका साधनको कुल योगफल उत्पादक शक्ति हो । मानवले भौतिक शरीर र बौद्विक श्रम (मानविय चेतना) को प्रयोगबाट निर्माण, विकास र प्रयोग गरिने उत्पादनका साधन मिलेर उत्पादक शक्ति बन्छ ।

-उत्पादको साधन भनेको के हो ?
उत्पादका लागि प्रयोग गरिने औजार र त्यो औजार प्रयोग गरिने उत्पादनका वस्तुको कुल योगफललाई उत्पादनको साधन भनिन्छ ।

-उत्पादनको वस्तु भनेको के हो ?
उत्पादनका निम्ति प्रयोग गरिने औजार परिचालन गर्ने स्थान – जमिन, फ्याक्ट्री वा उद्योगलाई उत्पादनको वस्तु भनिन्छ ।
यसरी जमिन, फ्याक्ट्री वा उद्योग मिलेर बनेर उत्पादनको वस्तु बन्छ । उत्पादनको वस्तु र उत्पादनको औजार मिलेर उत्पादनको साधनमा मानविय श्रम मिलायो भने उत्पादकशक्ति बन्छ । उत्पादन सम्बन्ध र उत्पादक शक्ति मिलेर यसको कुल योगफल नै उत्पादन प्रणाली हो ।

राज्यसत्ताको आधार बनेको उत्पादन प्रणालीको अनुकुलतामा राज्यसत्ता सञ्चालन हुन्छ र यसका उपरिसंरचनाका सम्पूर्ण अंगहरू चलछन् । यसरी परिचालित भएर राज्यसत्ताले गर्ने काम नै शासन हो। त्यसकारण जनताको पक्षमा शासन प्रणाली सहि छ कि छैन भनी मापन गर्ने मानक उत्पादन प्रणाली हो । नेपालको शासन प्रणाली भनेको ‘पुँजीवादी उत्पादन प्रणाली’ का आधारमा चल्छ । त्यसकारण अहिलेको शासन प्रणालीले बहुसंख्यक जनताको होईन कि मुठ्ठिभर पुँजीपतिवर्गको सेवा गर्छ । मेवा पनि त्यहि वर्गको गर्छ ।

-मात्रात्मक परिवर्तण
हामीले व्यवस्था परिवर्तन गर्ने भनेको मात्रात्मक नभई गुणात्मक हो । गुणात्मक परिवर्तन भनेको राज्यसत्ताको आधारमा परिवर्तण गर्ने भनेको हो भने मात्रात्मक परिवर्तन गर्ने भनेको राज्यसत्ताको उपरिसंरचनामा परिवर्तन गर्ने भनेको हो । २००७ सालको परिवर्तण र २०४६ सालको परिवर्तण मात्रात्मक थियो । त्यो सामान्य सुधार थियो । त्यो परिवर्तण भनेको मात्रात्मक र सामान्य सुधार मात्र थियो । अथवा सामान्य उपरिसंरचनामा गरेको सामान्य फेरवदल मात्र थियो । त्यतिबेला उत्पादन प्रणालीमा परिवर्तण त गरेन नै, त्यसले राज्यसत्ताको मुख्य मेरुदण्ड (राजकिय अधिकार) सेन समेत जनतामा निहित नभएको नक्कली सार्वभौम सत्ता जनताका ल्याएको थियो । अन्ततः राजाले खोसेर लगिदिए । राज्यसत्ताको उपरिसंरचना (रूप) मा मात्र परिवर्तन भएकाले त्यो अन्ततः राज्यसत्ताको आधार–उत्पादन प्रणाली अनुकुल बदलियो (प्रतिक्रान्ती) भयो ।

-गुणात्मक परिवर्तण
१० वर्षिय माओवादी जनयुद्वको जगमा भएको २०६२/६३ को १९ दिने दास्रो जनआन्दोलनको बलबाट नेपालमा भएको परिवर्तण गुणात्मक हो । किन कि त्यसले राज्यसत्ताको आधारका रूपमा रहेको उत्पादन प्रणालीमा नै परिवर्तण भयो । राज्यसत्ताको मुख्य मेरुदण्ड राजकिय अधिकार (सेना) सहितको सार्वभौमसत्ता जनतामा निहित हुनेगरी परिवर्तन भयो । हामीले युद्व गर्दा राज्यसत्ताको उत्पादन प्रणाली अर्ध सामन्ती थियो । त्यो बदलेर हामीले पुँजीवादी उत्पादन प्रणाली कायम गरेका छौं । नया जनवादी व्यवस्था (प्रगतिशिल पुँजीवादी उत्पादन प्रणाली) निर्माण गर्न नसके पनि देशमा पुँजीवादी उत्पादन प्रणाली कायम गरेका छौं ।

हामीले मुलभूतरूपमा पुँजीवादी उत्पादन प्रणाली (कार्यनितिक लक्ष्य) निर्माण एवं पूरा गरेका छौं । अब हामी जनयुद्वमै लिएको रढनीतिक लक्ष्य (समाजवादी उत्पादन प्रणाली भएको) समाजवादी व्यवस्था निर्माणमा जुट्नु छ । नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा जुट्नुको विकल्प छैन ।

नयाँ पुस्ता डिजिटलको दुनियामा प्रवेश गर्नु र सोहि अनुसार चल्नुपर्छ । तर विज्ञान र प्रविधि मुख्य उत्पादक शक्ति रहेको मानवले दर्शन, सिद्वान्त र विचारका आधारमा निर्माण गरेको मानव औजार हो । त्यसकारण नयाँ पुस्ता अराजकतावादको शिकार हुने कि राजनीतिको द्योतक भन्नेकुरा रोज्नुपर्छ ? मेरो नजरमा नयाँ पुस्ता राजनीतिको द्योतक हो र हुनुपर्छ । साभारः अग्रिम साप्ताहिक