
तुलसीपुर, ३० भदौ ।
तुलसीपुरमा शान्तिदीप फुटसल क्लबको आयोजनामा प्रथम अन्तर वडा स्तरीय ६ ए साइड फुटसल प्रतियोगिता भएको छ। शान्तिदीपका प्रिन्सिपल गोविन्द शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष धर्मराज ओलीको प्रमुख आतिथ्यमा तियोगिताको उद्घाटन गरिएको हो।
खेलकुदमार्फत युवाहरूमा अनुशासन, स्वास्थ्य, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टिमले रु. दशहजार नगदसहित प्रमाणपत्र र मेडल तथा द्वितीय हुने टिमले रु. चारहजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
यसका साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई समेत कपद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। स्वागत मन्तव्य शान्ति दीप इङलिस बोर्डिङ स्कुलका सञ्चालक सदस्य नेत्रलाल भट्टराईले राखेका थिए भने सञ्चालन प्रकाश बीकले गरेका थिए । उक्त कार्यक्रममा शान्तिदीपका उप–प्राचार्य शरद देवकोटा लगायत शिक्षक, कर्मचारी, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।



लाइभदाङ । ३० भाद्र २०८३, मंगलवार १२:२८ बजे