
तुलसीपुर, २९ भदौ ।
रास्वपा महामन्त्री तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिपिनकुमार आचार्यले आफूलाई विश्वास र माया गरेर सम्पर्क गर्ने नागरिकका फोन तथा मेसेजको समयमै जवाफ दिन नसकेकोमा क्षमा मागेका छन्।
आचार्यले सामाजिक सञ्जालमार्फत आफू जनताको विश्वास बोकेर हिँडिरहँदा नागरिकसँगको सञ्चारमा देखिएको कमीलाई आफ्नो कमजोरीका रूपमा स्वीकार गर्दै हृदयदेखि क्षमा मागेका हुन्।
उनले नागरिकसँगको सम्पर्कमा देखिएको सञ्चारको खाडल पुर्दै आगामी दिनमा सम्बन्धलाई अझ बाक्लो, प्रभावकारी र सहज बनाउने इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आचार्यले आफूलाई +977 9747744666 नम्बरमार्फत विभिन्न माध्यमबाट सम्पर्कमा जोडिनसमेत आग्रह गरेका छन्।
उनले भनेका छन्, “तपाईंहरूको विश्वास र माया बोकेर हिँडिरहँदा तपाईंहरूकै फोन र मेसेजको रेस्पोन्स समयमै गर्न नसक्नु मेरो कमजोरी हो। यसका लागि म हृदयदेखि क्षमा चाहन्छु।”



लाइभदाङ । २९ भाद्र २०८३, सोमबार १५:४७ बजे