राप्ती प्रादेशिक अस्पतालमा के को शूल्क कति ?

तुलसीपुर, ३० भदौ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले स्वास्थ्य सेवालाई थप पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्यले अस्पताल तथा प्रयोगशालाले विभिन्न विभागहरू, रेडियोलोजी र ल्याब परीक्षणहरूको नयाँ शुल्क विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको मूल्य सूची अनुसार सामान्य भर्नादेखि जटिल शल्यक्रिया र अत्याधुनिक रेडियोलोजी सेवाहरूको मूल्य तोकिएको छ।

अस्पताल विभाग (Hospital Department) तर्फ:
नयाँ शुल्क सूची अनुसार अस्पतालमा भर्ना शुल्क (Admission Charge) रु. १०० निर्धारण गरिएको छ भने बेड चार्ज (Bed Charge) न्यूनतम रु. १०० देखि अधिकतम रु. २०० सम्म रहेको छ। यसैगरी, बिरामीहरूको प्रारम्भिक जाँचका लागि आवश्यक इसिजी (ECG) को रु. २००, इको (Echo) को रु. १,२०० र आकस्मिक शुल्क (Emergency Charge) रु. १०० तोकिएको छ।

शल्यक्रिया सेवाहरू अन्तर्गत अपेन्डिक्टोमी (Appendectomy) को शुल्क रु. ५,००० देखि रु. ७,००० सम्म निर्धारण गरिएको छ। आकस्मिक अवस्थामा आवश्यक पर्ने एम्बुलेन्स सेवा (Ambulance Sewa) को शुल्क भने रु. १९,००० रहेको छ।

रेडियोलोजी विभाग (Radiology Department) तर्फ: रेडियोलोजी अन्तर्गत विभिन्न एक्सरे र सिटी स्क्यान सेवाहरूको मूल्य पनि तोकिएको छ। भिडियो एक्सरे (USG) को शुल्क रु. ५०० र छातीको एक्सरे (X-Ray Chest PA) को रु. ३५० कायम गरिएको छ।


यस्तै, अत्याधुनिक सिटी स्क्यान (CT Scan) सेवा तर्फ ‘CT Head’ को रु. ३,५००, ‘CT Chest’ को रु. ४,५०० र घाँटी, छाती तथा पेटको पूर्ण सिटी स्क्यान (CT – Neck, Chest, Abdomen) को शुल्क रु. १०,००० तोकिएको छ।

प्रयोगशाला (Lab Test) तर्फ: ल्याब परीक्षणहरूलाई पनि सर्वसाधारणको पहुँचमा राख्न विभिन्न दरहरू निर्धारण गरिएको छ। जस अनुसार रगत समूह पहिचान (Blood Group) को रु. ६०, रगतमा चिनीको मात्रा जाँच (Blood Sugar F/PP/R) को रु. ६० र सीबीसी (CBC) को रु. २४० शुल्क तोकिएको छ।

यसैगरी, थाइराइड परीक्षण (TFT) को रु. ८००, भिटामिन डी (25-OH Vitamin D) को रु. २,००० र पिसाबको सामान्य परीक्षण (Urine R/M/E) को रु. ४० मात्र तोकिएको छ। यो पारदर्शी शुल्क विवरण सार्वजनिक भएपछि बिरामी तथा तिनका आफन्तहरूलाई स्वास्थ्य उपचार गर्दा लाग्ने खर्चको पूर्व-अनुमान गर्न निकै सहज हुने विश्वास लिइएको छ।