दाङ
२६ वैशाख / नेकपा माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महराले मुलुकको हितकालागि कहिल्यै एमाले र कहिल्यै काँग्रेससंग मिल्नु पर्ने अबस्था आएको बताए ।
दाङको दंगीशरण गाउँपालिकामा आयोजना गरिएको चुनाबी सभालाई सम्बोधन गर्दै महराले यस्तो बताए ।‘ हामी यो बीचमा दलदलमा फस्यौं, दलदलमा हुँदा कहिल्यै काँग्रेस, कहिल्यै एमालेसंग मिल्नु प¥यो’, उनले भने‘ तर, हामीले जनताको बाटो विराएका छैनौं ।’ साथै उनले यो चुनाब जित हारकालागि नभई सामान्य नभई, संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षाकालागि भएको चुनाब भएको बताए ।
साथै उनले एमालेले राजावादी शक्तिहरुसंग गठबन्धन गरेको भन्दै त्यही गठबन्धनले कुन बाटोमा जाँन लागेको छ, भन्ने कुरा स्पस्ट भएको बताए । साथै माओवादी केन्द्रमा पनि बिचलन आएको समेत बताए । उनले पार्टीका केही ब्यक्तीहरु स्वार्थमा केन्द्रीत हुन लागेको भन्दै त्यसलाई सुधार गरेर सिंगो पार्टी जनताको पक्षमा लाग्नु पर्ने बताए ।
त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जग प्रसाद शर्मा ‘अपार’ले पार्टीको जित निश्चित भएको बताए । त्यस अवसरमा केन्द्रिय सदस्य राजेश मास्के, गाउँपालिका पदका उमेदवार मनिराम चौधरी (जेहेन्दार), उपाध्यक्ष पदका उमेदवार निर्मला चौधरी, पार्टीका नेता धिरज सेर्पाली, लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री बिमला ओली, नेता ज्योति प्रसाद चौधरीलगायतको सहभागिता रहेको थियो । हिरालाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महेश ओलीले गरेका थिए ।
लाइभदाङ । २६ बैशाख २०७९, सोमबार २०:२० बजे