दाङमा घट्यो राजश्व संकलन

घोराही, २३ चैत ।
दाङमा राजश्व संकलन घटेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको आँकडाले राजश्व संकलन घटेको देखाएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को चैतसम्म संघतर्फ दुई अर्ब ३८ करोड ४७ लाख १९ हजार आठ सय ७१ रुपैयाँ राजश्व संकलन भएको थियो तर चालु आर्थिक वर्षको चैत २२ गतेसम्म एक अर्ब ७२ करोड ५३ लाख ७९ हजार दुई सय ६० रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । नौ महिनाको अवधिमा दाङको राजश्व ६५ करोड ९३ लाख ४० हजार छ सय ११ रुपैयाँले घटेको पाइएको छ । यस्तै प्रदेशतर्फ पनि गत आर्थिक वर्षको चैतसम्म ८१ करोड ९४ लाख ४१ हजार ४३ रुपैयाँ संकलन भएकोमा चालु आर्थिक वर्षको चैत २२ गतेसम्म ६० करोड तीन लाख एक हजार दुई सय ६९ रुपैयाँ राजश्व संकलन भएको छ । प्रदेशमा चालु आवको नौ महिनामा २१ करोड ९१ लाख ३९ हजार सात सय ७४ रुपैयाँ राजश्व घटेको छ ।

संघतर्फ गत आर्थिक वर्षको चैतसम्म एक अर्ब ६५ करोड २७ लाख २७ हजार पाँच सय ३६ रुपैयाँ राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयले यो आर्थिक वर्षको चैत २२ गते बुधबारसम्म एक अर्ब ३८ करोड ७८ लाख ८१ हजार तीन सय ४८ रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म ५४ करोड ८६ लाख २५ हजार पाँच सय ५६ रुपैयाँ राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले अहिलेसम्म ११ करोड तीन लाख ४९ हजार नौ सय १० रुपैयाँ राजश्व संकलन गरेको छ ।

जिल्ला हुलाक कार्यालयमा ४८ं लाख २९ हजार छ सय ३७ रुपैयाँ राजश्व उठेकोमा यो वर्ष २९ लाख ६२ हजार दुई सय ३२ रुपैयाँ राजश्व उठेको छ । गत आर्थिक वर्षको चैतसम्म ५६ लाख ३६ हजार तीन सय ४० रुपैयाँ राजश्व उठेको इलाका र जिल्लाको नापी कार्यालयमा यस वर्ष बुधबारसम्म ३९ लाख २७ हजार छ सय ४७ रुपैयाँ मात्रै राजश्व उठेको छ । गतवर्ष चैतसम्म एक करोड ३९ लाख ४५ हजार नौ सय ७० रुपैयाँ राजश्व उठेको शिक्षा विकास तथा समन्वय इकाईमा बुधबारसम्म एक करोड ३५ लाख ८४ हजार आठ सय ६० रुपैयाँ राजश्व संकलन भएको छ ।

चार लाख ६५ हजार तीन सय ७५ रुपैयाँ राजश्व संकलन भएको उच्च अदालतमा तीन लाख ६८ हजार एक सय २५, गत वर्ष एक करोड ९८ लाख ८३ हजार चार सय ९३ रुपैयाँ राजश्व संकलन भएकोे जिल्ला अदालतमा एक करोड ५९ लाख ४५ हजार चार सय ३९ रुपैयाँ राजश्व संकलन भएको छ । नौ लाख ९३ हजार छ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालयमा यस वर्ष ६४ हजार दुई सय २० रुपैयाँ राजश्व संकलन भएको छ । सात लाख ८० हजार तीन सय ६० रुपैयाँ राजश्व संकलन गरेको १९ नम्बर बाहिनी अड्डाले यस वर्ष पाँच लाख तीन हजार पाँच सय ८० रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै प्रदेशतर्फ १२ करोड २५ लाख ५५ हजार दुई सय १० रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था सेवा कार्यालयले १० करोड ७९ लाख ५७ हजार नौ सय ६१ रुपैयाँ, ३६ करोड ६० लाख ७० हजार तीन सय ९६ रुपैयाँ राजश्व संकलन गरेको प्रदेश लेखा इकाई कार्यालयले १२ करोड २८ लाख ३२ हजार तीन सय ८४ रुपैयाँ राजश्व संकलन गरेका छन् । यस्तै गत आर्थिक वर्षको चैतसम्म तीन करोड १८ लाख ३० हजार नौ सय ८३ रुपैयाँ संकलन गरेका लमही र घोराहीका डिभिजन वन कार्यालयले यस वर्ष दुई करोड १९ लाख ६२ हजार नौ सय २८ रुपैयाँ राजश्व संकलन गरेका छन ।


केहीमा भने बढ्यो
अधिकांश कार्यालयले राजश्व संकलन कम गरे पनि केहीले भने गतवर्षको तुलनामा राजश्व बृद्धि गरेका छन् । गत वर्ष ११ लाख ८९ हजार एक सय दुई रुपैयाँ राजश्व संकलन गरेको कोइलाबास भन्सार कार्यालयमा यसवर्ष ६२ लाख ३४ हजार चार सय सात रुपैयाँ राजश्व संकलन भएको छ ।

गतवर्ष सात लाख २६ हजार राजश्व संकलन गरेको सघन शहरी तथा भवन निर्माण आयोजनाले यस वर्ष १३ लाख ५८ हजार दुई सय ८८ रुपैयाँ राजश्व संकलन गरेको छ भने जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि राजश्व संकलन बृद्धि गरेका छन् । गतवर्ष पाँच करोड दुई लाख ७० हजार नौ सय चार रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बुधबारसम्म ११ करोड ४१ लाख ८० हजार चार सय ५० रुपैयाँ राजश्व संकलन गरेका छन् ।

यस्तै ७९ लाख ८१ हजार नौ सय ५७ रुपैयाँ राजश्व संकलन गरेको सडक डिभिजन कार्यालयले यस वर्ष एक करोड ४९ लाख ६७ हजार दुई सय २२ रुपैयाँ राजश्व संकलन गरेको छ । चार लाख ५५ हजार सात सय तीन रुपैयाँ राजश्व संकलन गरेको बृहत दाङ उपत्यका सिंचाई आयोजनाले यस वर्ष ४४ लाख ४६ हजार आठ सय ६६ रुपैयाँ राजश्व संकलन गरेको छ । एक करोड ९८ लाख तीन हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दुई करोड ११ लाख ४३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै प्रदेशतर्फ एक करोड ५२ लाख ३५ हजार एक सय ५१ रुपैयाँ संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयले एक करोड ७१ लाख नौ हजार दुई सय ७१, २७ करोड ६४ लाख १६ हजार छ सय ७२ रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालयले यस वर्ष ३३ करोड चार लाख ६३ हजार छ सय २८ रुपैयाँ राजश्व संकलन गरेको छ । संघ र प्रदेशतर्फको राजश्व संकलन गत वर्षभन्दा कम भएको कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका कोष नियन्त्रक उदयराज भण्डारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा संघतर्फ दाङले तीन अर्ब २३ करोड ५५ लाख २६ हजार छ सय ७२ रुपैयाँ राजश्व संकलन गरेको थियो । प्रदेशतर्फ गत आर्थिक वर्षमा १० करोड ६४ लाख ८७ हजार दुई सय ३६ रुपैयाँ राजश्व संकलन भएको थियो । कोष नियन्त्रक भण्डारीले अर्थतन्त्र कम चलायमान हुँदा राजश्व संकलन घटेको बताउनुभयो ।

‘समग्र देशकै राजश्व गत वर्षको भन्दा कम नै छ । लक्ष्यअनुसार उठेको अवस्था छैन’– उहाँले भन्नुभयो– ‘ब्यापार व्यवसायमा मन्दीका कारण आन्तरिक राजश्व कार्यालयको राजश्व घटेको छ, विलासी बस्तु आयातमा रोक लगाउँदा यातायात क्षेत्रको राजश्व घटेको छ ।’ उहाँले आयात कम हुँदा मूल्य अभिबृद्धि करको असुली पनि घटेको उहाँको भनाइ छ । ‘विकास निर्माणको काम सुस्त गतिमा भयो । जसले निर्माण व्यवसायीबाट हुने अग्रिम आयकर, मूल्य अभिबृद्धि कर असुली कम भयो’– उहाँले भन्नुभयो– ‘आयात/निर्यात कम भयो, विकासका काममा हुनुपर्ने जति काम भएन । मूल्य अभिबृद्धि कर, अग्रिम आयकरका कारण राजश्व घट्न पुग्यो ।’ साभारः नयाँ युगबोध