अनुगमनका क्रममा नियन्त्रणमा लिएका वस्तुहरु डिस्पोज

निराश पाण्डे
शान्तिनगर, २३ कार्तिक ।
शान्तिनगर गाउँपालिकाले बजार अनुगमनका क्रममा म्याद गइ नियन्त्रणमा लिइएका विभिन्न वस्तुहरुलाई बिहीवार डिस्पोज गरेको छ ।

गाउँपालिकाले चाडपर्वलाई मध्य नजर गर्दै शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र २ त्यसै गरि वडा नम्बर ३, ४ र ६ का विभिन्न स्थानमा संचालन गरेका ६ दर्जन बढि पसलहरुमा बजार अनुगमन गरेको थियो। गाउँपालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकी केसी को नेतृत्वमा गएको अनुगमन टोलिले किराना पसल, औषधि पसल, एग्रोभेट, ब्युटिपार्लर, कस्मेटिक, फेन्सी, होटेल, पुस्तक पसल र सुन चांदी पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।


अनुगमन टोलिले अधिकांश पसलहरु दर्ता बिना संचालन गरेको पाइएकोले आफ्नो ब्यबसाय दर्ता गरि संचालन गर्न र म्याद गएका कुनै पनि वस्तुहरु बिक्री नगर्न ब्यबसायीहरुलाई अनुगमन टोलिले सुझाव दिएको छ। अनुगमन टोलिले करिब ८० लिटर भन्दा बढी अबैध गरेलु मदिरा समेत नस्ट गरेको छ।

उक्त अनुगमन टोलिमा गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा भण्डारी, प्रशासन शाखा प्रमुख कृष्ण कंडेल, कम्प्युटर अपरेटर काश्मिर भण्डारी, नायब सुब्बा यादब भुसाल, पत्रकार निराश पाण्डे र प्रहरी चौकी चिराघाटका इन्चार्ज खडक बहादुर डाङ्गीको सहभागिता रहेको थियो । अनुगमन निरन्तर जारी रहने संयोजक गाउँपालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकी केसीले बताउनु भएको छ।