खुसीराम चौधरीले भने‘हामी कम बोल्छौं, धेरै काम गर्छौं’

तुलसीपुर
२५ वैशाख / गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्षका उम्मेदवार खुसीराम चौधरीले दक्षिण कपडादेवीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

सोही ठाउँमा शनिबार राति भएको चुनाबीसभालाई सम्बोधन गर्दै उनले त्यहाँ खानेपानी समस्या देखिएको र त्यो समस्या तत्कालै केही हल भइसकेको बताए । साथै बाँकी समस्या पनि लगतै समाधान गर्ने चौधरीले बताए । आफूले कुरा भन्दा पनि काम गर्ने बताए । जनताका हरेक समस्यासंग जुध्नकालागि गठबन्धनले आफूलाई विश्वास गरेको समेत बताए । उनले दक्षिण कपडादेवीको ऐलानी, सडकलगायतका समस्या समधान गर्न समेत प्रतिबद्ध रहेको बताए ।


त्यस अवसरमा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले काँग्रेसले माओवादीलाई भोट हाल्दैनन्, र माओवादीले काँग्रेसलाई भोट हाल्दैनन भनि भ्रम छर्ने गरेको बताए । तर, काँग्रेस र माओवादीको सहकार्य कति मजवुद छ, भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । कम्युनिष्ट र काँग्रेसबीचको सहकार्य लामो रहेको समेत उनको भनाई छ ।

साथै कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि शुष्मा गिरीले मिठो बोल्ने, मुसुक्क हाँस्नेले विकास गर्छन्, भन्ने बुझाई गलत भएको बताईन् । मिठो बोल्ने तर, काम नगर्ने मेयर भएकै कारण अहिले उपमहानगरपालिका ऋणमा डुबेको समेत बताईन् ।
भरत लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।