
दाङ, २६ कात्तिक ।
दाङमा दुई वटा मोटरसाईकलको ठक्करबाट एक साईकील यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्वर ७ मानपुर बस्ने ३० बर्षिय राम कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । उहाका अनुसार गढवा बेला सडकखण्ड अन्र्तगत गढवा गाउँपालिका ६ परिचोक स्थित बेलाबाट गढवा तर्फ आउदै गरेको लु ६ प ७७३ नम्वरको मोटरसाईकलले सोहि दिशाबाट आईरहेको साईकिल यात्रीलाई ठक्कर दिदा अर्को लु ८४ प ९८८४ नम्वरको मोटरसाईकलले समेत ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटना हिजो बेलुका अन्दाजी ७ बजेर २० मिनेटमा भएको उहाले जानकारी दिनुभयो । ठक्करबाट गम्भिर घाईते भएका चौधरीको लमही अस्पतालमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ । प्रहरीले लु ६ प ७७३ नम्वरको मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्वर ६ बग्रापुर बस्ने ३५ बर्षिय सुनिल चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि नियन्त्रणमा लिएको जनाएको छ । साथै दुई वटै मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।



लाइभदाङ । २७ कार्तिक २०८३, बिहीबार १८:३२ बजे