तुलसीपुरमा रुखबाट लडेर एक जना घाइते

तुलसीपुर, ४ साउन । तुलसीपुरमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाँउकी ४० बर्षीया गायत्री भण्डारी घर नजिकै रहेको जनकल्याण सामुदायिक वनमा आइतबार दिउँसो रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएकी हुन ।


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दिउँसो २ बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेका लागि रिफर गरिएको छ ।

घाइतेको अवस्था मध्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।