सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल सेवा खुला रहन्छ: रजिस्ट्रार प्रा. लम्साल

दाङ, २८ कार्तिक ।
सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल सेवा सोमबार नियमित सञ्चालन हुने भएको छ ।

प्रतिष्ठानको सिनेटबाट स्वीकृत वार्षिक बिदा तालिकामा उक्त दिन बिदा नरहेको हुँदा अस्पताल सेवा खुला रहने प्रतिष्ठानले जनाएको छ ।


शनिबार र आइतबार नियमित बिदा हुने अवस्थामा सोमबार पनि बिदा दिँदा दूरदराजबाट उपचारका लागि आउने सर्वसाधारणको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले अस्पताल सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा। श्याम लम्सालले जानकारी दिए ।

प्रतिष्ठानले हरेक सार्वजनिक बिदाका दिन पनि बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।