तुलसीपुर नगर जेसीजद्वारा संसदीय अभ्यास तालिम

दाङ, २२ बैशाख ।
तुलसीपुर नगर जेसीजले संसदीय अभ्यास तालिम सम्पन्न गरेको छ । तुलसीपुर नगर जेसीजका अध्यक्ष पुर्ण बिक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख अतिथि कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले जेसिज एक खुल्ला विश्वविद्यालय भएको हुनाले हजारौँ युवाहरुले व्यक्तित्व र नेतृत्व विकास गरिरहेको बताउनुभयो । उहाँले समाजको विकृति विसंगतिलाई निराकरण गर्न जेसिजमा आबद्ध उर्जाशील युवाहरुले निरन्तर काम गरेको बताउनुभयो । ‘समाजको अभाव जहाँ रहेको हुन्छ, जेसीजको उपस्थिति त्यही रहेको छ ।’ उहाँले भन्नुभयो–‘समाजलाई सकारात्मक परिवर्तन गराउन जेसिजले खेलेको भूमिका प्रशंसनिय छ ।’


तालिममा जेसीज त्रिभुवन नगर, जेसीज लमही, जेसीज दाङ लेडी र जेसीज सल्यानको सहभागी थियो । कार्यक्रममा प्रशिक्षण राष्ट्रिय प्रशिक्षण नेपाल जेसीज शिव प्रसाद भुसालले प्रशिक्षण दिनुभएको हो ।

कार्यक्रममा पुर्व अध्यक्षहरू झरेन्द्र खरेल, सुर्य शर्मा, मेघराज घिमिरे, मोहन सुनार, नेत्रलाल भट्टराई, केशव राज केसी, सालिक राम वलीलगायतले जेसिजमा आवद्ध भएर धेरै युवाहरुको जीवन परिवर्तन भएको बताउनुभयो ।

जेसीज आस्था पाट केशव राज न्यौपानेले पढ्नु भएको थियो । जेसीज आई मिसन मधुसूदन गौतम र भिजन रमेश रेग्मीले पढ्नु भएको हो । कार्यक्रमको सहजिकरण तुलसीपुर नगर जेसीजका महासचिव कमल प्रसाद शर्मा गर्नुभएको हो ।