
दाङ, २४ कार्तिक ।
दाङ देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका-७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा नुहाउन गएका थिए।
नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनको शव हाल लमही अस्पतालमा राखिएको छ ।



लाइभदाङ । २५ कार्तिक २०८३, मंगलवार १६:०३ बजे