तुलसीपुर- ६ मा गठबन्धनका लोकबहादुर डाँगी घर दैलोमा ब्यस्त

 तुलसीपुर, २१ बैशाख ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको रौनक दिनदिनै थपिदै गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा गठबन्धनका साझा उम्मेदवार लोकराज डाँगीले चुनाबी प्रचार प्रशार तथा घर दैलो कार्यक्रम तीब्र पारेका छन् । तुलसीपुर-६ मा लगभग आधा बजार अवस्थित छ । मतदाता ८०४० जना छन् । तुलसीपुरको विकाशका लागि वडा नं. ६ को विकाश पनि अपरिहार्य मानिन्छ ।


बुधबार बिहान तुलसीपुरको रजौरा, हेमराज मार्ग लगाएतमा डाँगी नेतृत्वको टिमले मतमाग्दै घर दैलो गरेको छ । डाँगीले आँफूले जितेमा बिजुली बत्ती, खाने पानी, सडक सञ्जालको विकाश समानुपातिक र न्यायोचित रुपमा गरिने बताए । त्यस्तै उनले वडाको अब्यबस्थित बसोबासको ब्यबस्थापन गरिने प्रतिबद्धता जनाए । सिंचाई कुलोपानीको ब्यबस्थापनदेखि स्तरिय सडक सञ्जालको निर्माणमा आँफूलाग्ने उनले बताए ।

काँग्रेस नेता डाँगीले आँफूले लप्पन छप्पन नजान्ने हुँदा जितपछि इमान्दारी पूर्वक वडाबासीको सेवामा खटिने जानकारी दिए । ‘वडाको विकाशको लागि के गर्नुपर्छ त्यसमा म कहीपनि चुक्ने छैन,’ डाँगीले भने ‘म र मेरो टिमलाई बिजयी बनाउनुहोस मैले कहिलै तपाँईको शिर झुक्ने काम गर्ने छैन।’ वडाध्यक्ष पदका उम्मेदवार डाँगीले गफ हैन आँफूले काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरे ।