दंगीशरण १ मा नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न

प्रमोद आचार्य 

दंगीशरण, ८ माघ । स्वास्थ्य कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिवीर वडा नम्बर १ को आधारभुत स्वास्थ्यकेन्द्र रामपुरमा सम्पन्न भएको छ ।

४० वर्ष उमेर समुह देखी माथिका ब्यक्तीहरुका लागी नि:शुल्क स्वास्थ्य सेवा, परामर्श सहितको शिवीर राखिएको वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।


ग्रामिण भेग त्यसमापनि स्वास्थ्यको पहुँचबाट टाढा रहेका ४० वर्ष माथिकाहरुका लागी चेकजाँच सहितको शिवीर राखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

शिवीरमा मधुमेह, उच्च रक्तचाप तथा पिसावद्वरा मृगौला रोगको परीक्षण सम्बन्धि स्कृनिङ लगायतको सेवा प्रदान गरीएकोथियो । शिवीरबाट १४५ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य साखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारी दिनुभयो ।