घर घरमा कांग्रेस उम्मेदवार प्रमोद

निराश पान्डे

शान्तिनगर, १९ बैशाख । 

यति बेला राजनिती दल हरुले आफ्नो पक्षमा भोट माग्न घरदैलो कार्यक्रम लाई दिनप्रतिदिन तीब्रता दिएका छन । यसै क्रममा शान्तिनगर गाउँ पालिकाका अध्यक्ष पदका कांग्रेस उम्मेदवार प्रमोद बस्नेत मतदाताको प्रत्येक घरदैलोमा आफ्नो टिम लाई मत माग्न मतदाता संग भेट घाट गरेका छन। आजै अध्यक्ष पदका उम्मेदवार बस्नेत शान्तिनगरको वडा नम्बर ५ ,तेसै गरि वडा नम्बर ७, ६ , ४ र ३ को विभिन्न टोलमा गइ कांग्रेस उम्मेदवार लाइ जिताउन अनुरोध गरेका छन। वडा नम्बर ४ को गब्दुवामा भएको कोणसभामा बोल्दै युबा नेता बस्नेतले चुनावमा मतदाता हरु सामु गरिएका प्रतिबद्धता आफुले जितेमा सत प्रतिसत पूरा गर्ने बताउदै ढुक्क भएर कांग्रेस लाई भोट हाल्न आग्रह गरेका छन ।


कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार प्रेमा बुढाथोकी के सि, चार नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार चेत बहादुर डाङ्गी, पुर्ब गाबिस अध्यक्ष मदन रसिक, कुल बहादुर खड्का , पार्टी सभापति झलक के सि लगाएत ले कोणसभा लाई सम्बोधन गरेका थिए।नेपाली कांग्रेसले वडा नम्बर १ को अध्यक्षमा दुर्गा घर्ती , दुइमा टोपेन्द्रा खड्का ,तिनमा मीन बहादुर के सि, चारमा चेत बहादुर डाङ्गी तेसै गरि पाँचमा ओपेन्द्र रावत, छ्मा एक राज ओलि र सातमा तारा बहादुर ओलि लाई वडा अध्यक्ष पदमा उठाएको छ।