फेसबुकमा ब्लक गरेका मानिसलाई कसरी अनब्लक गर्ने?

फेसबुकमा हामी विभिन्न प्रकृतिका मानिससँग जोडिएका हुन्‍छौं। त्यस्तोमा कतिपय समय हामी ती व्यक्ति मन नपरे अनफ्रेन्डु गर्छौं। कोही व्यक्तिले तपाईंलाई एकदमै तनाव दिइरहेको छ भने त्यस्ता व्यक्तिलाई ब्लक नै गर्नुभएको होला।

तपाईंको ब्लक सूचीमा तपाईंले नजिकैबाट चिनेका व्यक्ति वा नचिनेको व्यक्तिहरू पनि हुन सक्छन्।

मानौं, तपाईंले चिनेको कोही व्यक्तिलाई ब्लक गर्नुभएको छ। र, ब्लक सूचीमा भएको ती व्यक्तिसँग पुनः साथी बन्न मन छ। यदी यसो हो भने यसरी गर्नुहोस् ती व्यक्तिलाई अनब्लकः


  • सुरूमा फेसबुक खाता लग-इन गर्नुहोस्।
  • मोबाइलको सबैभन्दा माथिल्लो भागको दायाँपट्टी रहेको तीन वटा धर्कोलाई चयन गर्नुहोस्।
  • यहाँ तपाईंले तल स्क्रोल गरेपछि ुसेटिङस् एन्ड प्राइभेसीु भन्ने देख्नुहुन्छ। त्यसलाई चयन गर्नुहोस्।
  • यसभित्र रहेको सेटिङ्स भन्ने विकल्प रोज्नुहोस्।
  • यता अकाउन्टु, ुप्रिफेन्सु, अडियन्स एन्ड भिजिबिलिटीु लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसको अडियन्स एन्ड भिजिबिलिटी भन्ने खण्डमा जानुहोस्।
  • यसमा तपाईंले ब्लकिङु भन्ने विकल्प देख्नुहुन्छ। यसलाई चयन गर्नुहोस्।
  • यहाँ तपाईंले ब्लक गर्नु भएको व्यक्तिहरूको सूची देख्नुहुन्छ। यहाँबाट तपाईंले जसलाई अनब्लक गर्न खोज्नु भएको हो उसको नामको दायाँपट्टी रहेको अनब्लक भन्ने थिच्नुहोस्।

यति गरेपछि अब ती व्यक्ति अनब्लक हुन्छन्। तपाईंले उसको प्रोफाइल र गतिविधिहरू हेर्न सक्नुहुन्छ।

त्यस्तै, अनब्लक भएपछि ती व्यक्तिले पनि तपाईंको प्रोफाइल हेर्न सक्छन्। तर फेसबुकमा तपाईंहरू पुनः साथी बन्न चाहनुहुन्छ भने चैं फ्रेनड रिक्वेस्ट नै पठाउनुपर्ने हुन्‍छ।