तुलसीपुरमा पाण्डेद्वारा उम्मेदवारी फिर्ता, गिरीलाई समर्थन

तुलसीपुर
१६ वैशाख / तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता पक्ष गठबन्धनका उम्मेदवार  गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । उनी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी हुन् ।


तुलसीपुरको विकासकालागि गहेन्द्र आबश्यक रहेको भन्दै उनलाई समर्थन गरेको उनको भनाई छ ।