दाङमा जंगली च्याउ खाँदा एक जना विरामी

तुलसीपुर, २५ असार । दाङमा जंगली च्याउ खाँदा एक जना विरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार मंगलबार घोराही उपमहानगरपालीका वडा नं.१५ बस्ने देबेन्द्र पुनको छोरी १८ बर्षीया छोरी राधा पुनले घर नजिकैको जंगलबाट च्याउ ल्याई घरका परिवारलाई खुवाएकी थिइन ।

ति मध्ये अन्यलाई केही नभएपनि राधा भने विरामी परेको प्रहरीले बताएको छ ।


उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । विरामीको अबस्था गम्भीर रहेको छ ।