तुलसीपुर उपमहानगरको लाईन जोडियो

दाङ,१५ वैशाख ।
विद्युत महशुल नबुझाउँदा काटिएको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा काटिएको विद्युत पुनः जडान गरिएको छ । उपमहानगरपालिकाले कार्यालयको ४ महिनाको महसुल जरिमाना सहित १ लाख ५७ हजार बुझाए पछि आज बिहान विद्युत जडान गरिएको कार्यालयका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए । आउँदै गरको स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरि विद्युत जडान गरिएको हो ।


साथै सडक बत्तिको करिब ९० लख रुपैँया बक्यौता तिर्न पनि यथासक्य अनुरोध गर्दै पत्र पनि पढाईएको छ । सडक बत्तिको बक्यौता रकम समयमै नबुझाए जुनसुकै समयमा पनि उपमहानगरपालिकाको बत्ति काट्न सक्ने गरी पत्र पठाएको समेत उनले बताए । गएको मंगलबार विद्युत कटौति गरिएको हो ।