
दाङ, १२ फागुन ।
प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकले बिदासम्बन्धी निर्णय गरेको हो।
यसअघि गत आइतबार निर्वाचन आयोगले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो।



लाइभदाङ । १२ फाल्गुन २०८२, मंगलवार २०:५५ बजे