आज शनिबार तपाईको राशिफल

मिति २०८२ असार १४ गते ।

मेष : पारिवारिक आत्मीयता बढ्नेछ। नयाँ सुरुवातको सोच हुनु राम्रो भए पनि निर्णयमा केही ढिलाइ गर्नु बुद्धिमत्ता हुनेछ। प्रतीक्षाबाट लाभ हुनेछ। अध्ययन र लेखनमा प्रगति देखिन्छ।

वृष : सञ्चार, लेखन वा शैक्षिक क्षेत्रका लागि लाभदायक समय हो। विदेशसँग सम्बन्धित कागजी प्रक्रिया अगाडि बढ्न सक्छ। प्रेम वा आत्मीय सम्बन्धमा केही चिसोपन आउन सक्छ, संवादमा स्पष्टता आवश्यक हुनेछ।

मिथुन : आर्थिक क्षेत्रमा सुधार देखिन्छ। नयाँ व्यापार वा वैदेशिक आम्दानीको स्रोत खुल्ने संकेत छ। तर दैनिकीमा खर्च नियन्त्रण गर्नुपर्ने समय हो। सञ्चय र लगानी दुवैमा बुद्धिमत्तापूर्वक अघि बढ्नुस्।

कर्कट : चन्द्रमा स्वगृही भएकाले आत्मबल बलियो छ। पव्यक्तित्वमा आकर्षण, विचारमा गहिराइ आउँने समय हो। व्यवासायमा सफलता मिल्नेछ।

सिंह : आध्यात्मिक सोच वा ध्यान–साधनामा रुचि बढ्न सक्छ। सरकारी वा संस्थागत प्रक्रियामा विलम्ब भए तापनि दीर्घकालमा सफलता मिल्नेछ।

कन्या : सामूहिक प्रयास र मित्रताको बलमा नयाँ योजना अगाडि बढ्नेछ ।सन्तान वा प्रेम सम्बन्धमा नयाँ समझदारी बन्न सक्छ।


तुला : पेशागत जीवनमा विदेशसँग जोडिएको प्रस्ताव आउनसक्छ। प्रतिष्ठा र जिम्मेवारी बढ्न सक्छ। पदोन्नति वा नयाँ जिम्मेवारीको सम्भावना देखिन्छ। सहकर्मीबाट सहयोग अपेक्षित छ।

वृश्चिक : वैदेशिक शिक्षा, स्कलरशिप वा अनुसन्धानतर्फ लागेका लागि अनुकूल समय हो। पुराना सन्देश वा प्रतीक्षा गरिएको खबर आउनसक्छ। अध्यात्म वा दर्शनप्रति रुचि गहिरो हुनेछ।

धनु : अनुदान, ऋण, बीमा वा विदेशी लगानीसँग सम्बन्धित कार्य अघि बढ्नेछ। मानसिक अशान्ति र अनिश्चितताले तनाव दिन सक्छ। गहिरो सम्बन्धमा छलफल आवश्यक छ।

मकर : विदेशीसँग सम्बन्धित व्यापार वा सहकार्यमा गति आउन सक्छ। वैवाहिक वा साझेदारी सम्बन्धमा केही भावनात्मक दूरी देखिन सक्छ, तर खुला संवादले समस्या समाधान सम्भव छ।

कुम्भ : विदेशी कम्पनी वा प्रविधिसँग जोडिएको काममा उन्नति हुनेछ। स्वास्थ्यप्रति ध्यान पुर्याउनुपर्ने समय हो। सेवा वा प्रशासनिक क्षेत्रमा सुधार देखिन्छ। सन्तुलित दिनचर्याले सफलता दिलाउनेछ।

मीन : विदेशमा रहेका आफन्तसँगको सम्बन्धमा सन्देश वा भेटघाटको योग देखिन्छ। प्रेममा भावनात्मक गहिराइ बढ्नेछ। साहित्य, संगीत वा सृजनात्मक कर्मबाट आत्मसन्तुष्टि पाइनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799