शान्तिनगरमा काँग्रेसका बिभिन्न उपसमितिहरु गठन

निराश पाण्डे
तुलसीपुर
१४ वैशाख / आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस शान्तिनगरले प्रचारप्रसारलाई तीब्र बनाउने उद्देश्यले आज विभिन्न उपसमितिहरु गठन गरेको छ ।

नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसीको अध्यक्षतामा बसेको बैठकले प्रचारप्रसार समितिको संयोजकमा शान्तिनगर पार्टी सभापति झलक केसीलाई जिम्मेवारी दिएको छ। त्यस्तै आर्थिक संयोजकमा लाल बहादुर बुढाथोकी र कालुराम चौधरी, सूचना तथा संचार समितिको संयोजकमा दिपक लामिछाने र रोशन रावत, अतिथि सत्कार तथा भोजन ब्यबस्थापन समितिमा घनश्याम खडका, सम्पर्क कार्यालय ब्यबस्थापन समितिमा दिपक परियार, भेला तथा आमसभा ब्यबस्थापन समितिमा दिपक खड्का , महिला परिचालन समितिमा रजनी शाह, युबा परिचालन समितीमा रेसम खडकालाई जिम्मेवारी दिइएको छ ।


त्यस्तै अनुशासन समिति संयोजकमा दोर्ण खत्री र सांस्कृतिक संयोजकमा यज्ञ बस्नेतलाई जिम्मेवारी दिइएको छ। कार्यक्रममा नेपाली कांग्रेसबाट अध्यक्ष पदका प्रत्यासी प्रमोद बस्नेत, उपाध्यक्ष पदका उम्मेदवार प्रेमा केसी, वडा नं. १ देखि ७ सम्मका वडाअध्यक्ष पदका उम्मेदवार र अन्य सदस्य पदका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।